इन्दिराको आइटम

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७१, बिहीबार

काठमाडौं । गायिका इन्दिरा जोशी पहिलेदेखि नै अलि फरक रुपमा प्रस्तुत हुने गरेकी छिन् । उनको उध्रेको चोली अनि रातो घाँघर बोलको गीतले जति चर्चामा ल्यायो त्यति नै उनको स्टेज शोहरुमा बेली डान्स गरेर उत्तेजक बनाउने काम पनि गरिन् । यतिबेला इन्दिरा जोशी गाउने गलाभन्दा दर्शक फकाउने कलाका कारण हिट छिन् ।
भिडियो र स्टेजमा यही कलाका कारण तहल्का मच्चाइरहेकी उनको डान्स फिल्ममा पनि देखिने भएको छ । फिल्म ‘फन्को’मा गायिका जोशीले ‘म त लोकल ब्युटी, म त लोकल क्युटी’ भन्दै कम्मर मर्काएकी छिन् । उनी आफैँले गाएको उक्त गीतमा चेतन सापकोटाले संगीत भरेका छन् भने गीत राजेन्द्र थापाले लेखेका हुन् । हेटौँडामा भव्य सेट लगाएर सुटिङ गरिएको उक्त फिल्मको गीतलाई इन्दिरा आइटम मान्न तयार छैनन् । मसला फिल्ममा राखिने गरेको आइटमकै ठाउँमा उक्त डान्स भए पनि इन्दिराका लागि फिल्ममा सिक्वेन्स मिलाइएको छ । गायिका इन्दिरा त्यो फिल्ममा आफ्नो कन्सर्ट गरिरहेको देखाइएको छ । जुन डान्स भए पनि इन्दिराले आफ्नो अदा मज्जैले प्रस्तुत गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु