उत्कृष्ट दश गीतकार सार्वजनिक, किरण खरेललाई सम्मान। तुलसीले भने लरबरिएका ललिपप

म्यूजिक खबर
प्रकाशित: ३० बैशाख २०७१, मंगलवार

काठमाडौं, ३० बैशाख । गीतकार संघ नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर जेठ १४ गतेका दिन गीतकारहरुलाई सम्मान गर्दैछ । गीतकार संघले गतवर्षबाट सुरुवात गरेको गीतकार सम्मान एवं पुरस्कारको श्रृंखला अनुसार यस वर्ष पनि उत्कृष्ट १० गीतकारको मनोनयन सार्वजनिक गरिएको छ । उत्कृष्ट दश गीतकारहरुमा देवेन गिरी, गोविन्द प्रसाद उपाध्याय, भावेश भुमरी, कल्पना खरेल, कविराज वान्तवा राई, प्रबल बिष्ट, अरुण तिवारी, डिआर राई, राजकुमार बगर, सुरेन्द्र महर्जन रहेका छन् । त्यस्तै यस वर्षको सम्मान भने वरिष्ठ गीतकार किरण खरेललाई दिइने भएको छ । खरेललाई रु १ लाख नगदसहित ताम्रापत्रद्वारा सम्मान गरिनेछ ।

lyricsist copy
उत्कृष्ट दशको सार्वजनिक गरिएलगत्तै गीतकार संघका उपाध्यक्षले फेसबुक स्टाटस लेख्दै भनेका छन् ः यसो हेर्दा क्षेत्रगत सन्तुलन, समावेशी र लैंगिक समानता समेत देखियो जस्तो लाग्यो तर हल्लाबाजले यतिराम्रो छनोटलाई प्रश्न गर्छ भने एक दार्शनिकको उक्ति (जसले केही भन्नु छैन उही धेरै बकबक गर्छ) भनेका छन् । उनले स्टाटसमा लेखेका छन् कसैको लैबरीमा लरबरिएका ललिपपहरुसँग गर्न के नै सकिन्छ र बस कुकुर भुक्दै जान्छ हात्ति हिंड्दै जान्छसम्म भन्न भ्याएका छन् ।
उपाध्यक्ष जस्तो पदमा रहेर तुलसी बस्नेतले लेखेको फेसबुक स्टाटसले झन् सबैका मनमा शंका उब्जाएको छ । यदि सम्मानको खातिर गरेको यो अवार्डको प्रक्रियालाई उनले उत्कृष्ट दशमा क्षेत्रीय, भाषिक समावेशीतर्फ उन्मुख भएर निकाल्नु पर्ने हो या सबल र उत्कृष्ट गीतकार नै छनोट गर्नुपर्ने हो भन्ने विषयमा प्रश्न उब्जेको देखिन्छ । यदि राम्रो कामको थालनी गर्न लागिएको हो भने गीतकार संघको गरिमामय पदमा बसेर यस्तो किन बोलिरहेका छन्, यो भने सोचनीय बनेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु