उदितलाई पद्यम भुषण पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७३, बुधबार

नेपाली संगीत एवं चलचित्रको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका नेपालीमूलका गायक उदितनारायण झालाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट पद्म भूषण पुरस्कार प्रदान गरिएको छ । नेपाली चलचित्र कुसुमे रुमालका अभिनेता एवं नेपाली गीतसंगीतको क्षेत्रमा उल्लेख्य रुपमा स्वर प्रदान गरेका गायक झालाई भारत सरकारले उनको योगदानको कदर गर्दै प्रतिष्ठित सम्मान दिएको हो ।

udit narayan jha
बलिउडमा झाले पु¥याएको अतुलनीय योगदानको कदरस्वरुप झालाई उक्त सम्मान प्रदान गरिएको हो । उदित पछिल्लो तीन दशकदेखि संगीत क्षेत्रको एउटा महत्वपूर्ण हिस्सा बनिरहेका छन् । उनले पुरस्कार समारोहमा कालो रंगको सुट लगाएका थिए भने पुरस्कार पाएपछि राष्ट्रपतिको खुट्टा छोएको भारतीय मिडियाले लेखेका छन् । उदितका बलिउडमा ‘परदेशी परदेशी’, ‘पापा केहते है’, ‘ताल से ताल मिला’ जस्ता दर्जनौं गीत प्रख्यात छन् ।

मुम्बई बस्दै आएका उदित समय समयमा नेपालमा आउने गर्छन् भने नेपाली फिल्ममा उनको स्वर समावेश गर्न ईच्छुक फिल्मकर्मीले मुम्बई नै पुगेर उनको स्वरमा गीत रेकर्ड गर्दै पनि आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु