उपन्यास लेख्दै जानकी

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७०, मंगलवार

काठमाडौं, २० फागुन । महिला संगीतकारको परिचय बनाउँदै सांगीतिक क्षेत्रमा होमिएकी जानकी पन्थ अब उपन्यासकार बन्ने भएकी छन् । महिला संगीतकारका रुपमा सुगम संगीतमा क्रियाशील रहेकी जानकी गीतकार एवं गायनमा पनि लागेकी छन् । उनले करिब दुई दर्जनभन्दा बढी गीतमा संगीत दिइसकेकी छिन् भने प्रशस्तै गीत पनि लेखिसकेकी छन् । गीतसंगीतलाई आत्मसात गर्दै हिंडेकी जानकीले अब भने आफूलाई लेखिका बनाउनेतर्फ लागेकी छिन् ।
पन्थले अब उपन्यासलाई अन्तिम चरणमा पु¥याएको बताएकी छन् । उनको उपन्यास सामाजिक विषयवस्तुमाथि नै केन्द्रित रहेको छ । पछिल्लो समयमा समाजमा घटिरहेका यथार्थ घटनाहरुलाई नै उनले उपन्यासमा उतारेकी छन् । माया प्रेमका अलावा सामाजपरक विषयवस्तुमा केन्द्रित रहेर उपन्यासलाई अन्तिम चरणमा पु¥याएको बताउने जानकीले अब भने छिट्टै सार्वजनिक गर्ने भएकी छन् । गीतसंगीतबाट जस्तै उपन्यासबाट पनि आफूलाई सफलता मिल्ने पन्थको विश्वास छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु