उपाध्यायको ‘सत्यता–३’मा अञ्जु

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७३, शुक्रबार

गीतकार गोबिन्द प्रसाद उपाध्याय आधुनि र गजल संगीतमा निकै चर्चित र मर्म स्पर्शि शब्द कोर्ने गीतकारको रुपमा चिनिन्छन् । ‘सत्यता’ र ‘सत्यता–२’ले छोटो समयमा नेपाली सांगीतिक फाटमा शिर्ष स्थान ओगट्न सफल भए लगतै गीतकार उपाध्यायले ‘सत्यता–३’को रेकर्डिङ कार्यनी अगाडी बढाएका छन् । एल्बमको बारेमा उपाध्याय भन्छन्– “मैले आधुनिक नेपाली संगीतले के मागी रहेको छ । स्रोता र दर्शकको चाहना कस्तो छ त्यो बुझेरनै शब्दहरु कोरेकोछु । म बास्तबिक जिवन सँग मेल खाने र यथार्तता बोकेका शब्दहरु लेख्न रुचाउने भएकोले मेरा शब्दले नेपाली सांगीतिक समाज र ब्यक्तिगत जिवनलाई सन्देश र नौलोपन पैदा गरोस भन्ने चाहन्छु । ‘सत्यता–३’ मा मैले गजलहरुलाई प्राथमिकतामा राखेको छु ।” यसमा भिन्न भिन्न ख्याति प्राप्त संगीतकारज्युहरुले सहकार्य गर्ने जानकारी पनि उपाध्यायले दिए । ‘सत्यता–३’ मा पनि उनले चर्चित गायिका अञ्जु पन्तलाई समेटेका छन् । यस हिसाबले गीतकार गोविन्द र अञ्जुको सांगीतिक सहकार्यको ‘हयाट्रिक’ हुने भएको छ । अञ्जुले ‘सत्यता’ एल्बममा ‘कथा जिन्दगीको’ बोलको गीत गाएकी थिइन् भने ‘सत्यता–२’मा मनोज राजसँगको युगल गित ‘कस्तो माया लाइयो हजूर’ गाएकी थिइन् । दुबै गीत अत्यधिक मात्रामा रुचाईेको थियो । ‘सत्यता–३’मा भने उनी गजलको ‘मेहफील’ जमाउँदै गाउनेछिन् । ‘मेहफीलमा बसाई सरे होलान् तिम्रा यादहरु’ शब्द रहेको ‘सत्यता–३’को पहिलो गीतमा संगीत पत्रकार कुशुम भट्टराईको संगीत छ भने संगीत संयोजन युवा तथा आधुनिक संगीतका जल्दा बल्दा अरेन्जर साहश शाक्यज्युले गर्नु भएको छ । साहस शाक्य र गीतकार उपाध्यायको यो दोस्रो सहकार्य हो । ‘सत्यता–२’मा ‘म शराबी’ बोलको गजल पनी शाहस ज्युको नै सङीत सम्योजन रहेको थियो । साहशजि को कार्यसैली उच्चस्तरको भएकोले पुनः ‘सत्यता–३’ मा सहकार्य गरिएको कुरा हामिलाई उपाध्यायले भने ।
1606302720160629_152953
नक्सालको अक्योस्टिक स्टुडियोमा ‘सत्यता–३’ को गीत रेकर्ड भइरहँदा अञ्जु आफ्नो उही हँसिलो र रसिलो मिजासमा प्रस्तुत भएकी थिइन् । करीब तिन घन्टासम्म गजलका विभिन्न बान्कीहरु प्रस्तुत गरेपछि उनले भनिन्, ‘धेरै पछि मैले एउटा उत्कृष्ट गजल गाउने मौका पाएँ । अन्जुजी सँगको सानो कुराकानी मा उनले भनिन् गीतकार उपाध्याय आधुनिक नेपाली संगीतको अब्बल दर्जाको शब्दकोर्ने सर्जक हुनुहुन्छ । वँहाको शब्दमा गाउदा मलाई छुट्टै आनन्द आऊछ र स्रोताले हाम्रो सहकार्यलाई अत्यधिक रुचाउनु भएको पनि छ, आशा छ यो गजल लाई पनि उतिनै माया दिनुहुनेछ । ‘सत्यता’ र ‘सत्यता–२’  नेपालको साङीतिक प्रेमीहरुबिच अत्यधिक मन पराइएका एल्बमहरु हुन् । गीतकार गोबिन्दका यसअघिका दुई एल्बमहरुले विभिन्न एफएम र टेलिभिजनका म्युजिक अवार्डहरुमा उत्कृष्ट गितकारको पुरस्कार पाइसकेका छन् । गीतकार उपाध्याय लगायत ‘सत्यता–३’ को सबै टिमलाई हाम्रो अग्रिम शुभकामना छ ।

1606302713556009_932549136867728_494693695_o (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु