एकल साँझको अन्तिम तयारीमा कार्की

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७०, बिहीबार

काठमाडौं, २२ फागुन । आगामी २९ गते हुन गइरहेको विरही कार्की एकल साँझको आजबाट संगीतको अभ्यास गर्न थालिएको छ । चेपाङ बालबालिकाको सहयोगार्थ गरिन लागिएको विरही कार्की एकल साँझका लागि सम्पूर्ण कार्य अन्तिम चरणमा भइरहेका बेला आजबाट एकल गायनका लागि बाद्यवादन टोलीसहित गायन अभ्यास गरिएको छ ।
एकल साँझमा कार्कीले ११ वटा गीत प्रस्तुत गर्नेछन् । आमा, सुनखानीमा सुन, मायालु हजार, शंका नमान, होला मायालु, भन्देउ के हो माया, मनकामना माइ जस्ता चर्चित गीतहरु प्रस्तुत गर्ने भएका छन् । उनको साथमा मुना थापा, जुना श्रीष र सरिता कार्कीले गायनमा सहयोग गर्नेछन् । बाद्यवादनमा भने झलक संगीतम्को टोलीले सहयोग गर्ने भएको छ ।
सुनखानी म्यूजिकको आयोजनामा हुन लागेको यस एकल साँझ कार्यक्रमलाई भारतमा रही समाजसेवामा तल्लिन रहेका विष्णुप्रसाद बराल र लक्ष्मी बरालबाट सबैभन्दा ठूलो सहयोग मिलेको आयोजकले बताएको छ । बरालद्वय आबद्ध रहेको संस्था एसपी मेमोरियल फाउन्डेसन, बीबीआरएल कन्सट्रक्सन, अल इन्डिया फेडरेशनले प्रमुख प्रयोजकका रुपमा सहयोग गरिरहेको छ भने एशियन खबर डटकमका तर्फबाट झरनाकुमार थापाले सहप्रायोजन गरिरहेका छन् ।

SAM_4404

SAM_4401

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु