एकैचोटी १५ वटा तिजका गीत विमोचन

म्यूजिक खबर
प्रकाशित: १६ श्रावण २०७१, शुक्रबार

काठमाडौं, १६ साउन । नेपाली नारीहरुको महान सास्कृतीक पर्व हरितालिका तिजको अबसरमा सिर्जना गरिएका विभिन्न कलाकारका १५ वटा गीतीसंग्रह एकैपटक विमोचन गरिएको छ । राजधानीको मण्डला थियटरमा भएको एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भिम आर्चायलगायत वरिष्ठ गायिका विमा कुमारी दुरा, चन्द्रकला शाह, कोमल वली, उमा गुरुङ, तीर्थकुमारी थापा, लक्ष्मी न्यौपाने, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, गायक पशुपति शर्मा लगायतका कलाकारहरुले १५ वटा एल्बमको सामूहिक विमोचन गरेका थिए ।
राष्ट्रिय लोक संचाकर्मी नेपालद्वारा आयोजित सो कार्यक्रममा गायिका सिन्धु मल्लको मै राम्री भा छु रे, टिका पुनको हाम्रो बाबाले दिएको दाईजो, मन्जु पौडेलको झल्को माईतीको, झलक संगितम्को बैशले घुमायो, आशा लामाको मै कस्ती भाकि छु, जानकी तारमी मगरकोसाइकल किन्न जाम, निता पुनमगरको बाबाको आगनी, चन्दा अर्यालको मेरो लचक्कै कम्बर, उमा श्रेष्ठको मोवाईलको ब्याट्रि लो, लक्ष्मी ढकालको सानुमाया, सिर्जु अधिकारीको गाँउले जीवन, अप्सरा गुरुङको सोह्रबर्षे जवानी, भिमा सुवेदीको र युनाज क्रियशनको हावा सरर, अमृत सागरको हाम्रा बाउका ज्वाँइले र दिपेश थापाको दिपसना तिज भिसीडी सार्वजनिक गरिएको थियो । कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भिम आर्चायले, नेपालका मौलिक गीत संरक्षणका लागि सचेत कलाकारहरुले ध्यान पु¥याउनुपर्ने बताए । पछिल्लो समय वास्तविक रुपमा पछि परेका महिलाहरुको आवाज प्रतिनिधित्व गर्ने खालका तिजका लोकगीत हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्दै शहर केन्द्रीत भन्दा गाँउको भावना समेत गीतमा समेट्न कलाकारहरुलाई आग्रह गरेका थिए । सो अवसरमा वरिष्ठ संस्कृतीकर्मी बुलु मुकारुङले, संस्कृती संरक्षणका लागि कलाकार स्वयम सक्रिय हुनु जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपालले विमोचित गिती संग्रहका संर्जकलाई सफलतको शुभकामना दिएका थिए । साउन १५को अबसरमा आयोजित सो कार्यक्रममा कलाकार तथा संचारकर्मीहरुले सामुहिक रुपमा खिर खुवाइएको थियो ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु