एक्लो जीवन कति बिताउँ डोली ल्याए हुन्थ्यो

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७३, मंगलवार

आजभोलीका युवती नै हुन् मनका कुरा भन्न डराउँदैनन् । पहिला पहिला पो बाबाले दिएको केटासँग मात्रै घरजम गर्ने कुरा हुन्थ्यो तर आजभोली छोरीले अगाडी जुन केटा ल्याउँछन् तीनै केटासँग जीवन काट्ने आँट हुन्छ । एक्लो जीवन कति बिताउँ डोली ल्याए हुन्थ्यो भनेर भन्न सक्ने गायिका लक्ष्मीले पनि आफ्नो मनको कुरा सबैसामु पोख्न सहज मानेकी छन् ।

sabbu
नव गायिका लक्ष्मी स्याङ्तेनले नेपाली सांगीतिक बजारमा आफ्नो पहिलो कोसेली पस्केकी छिन््र गीतकार कृष्ण अविरलको शब्दमा भानुभक्त ढकालको संगीत रहेको यस उडिजाने बदलुले बोलको गीतमा लक्ष्मीको जादुमय स्वर भरिएको छ ।
सांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप गिरीले सम्पादन गरेका छन् ।

sabbu1
मोडेल सब्बु गुरुङ र आर्जेश रेग्मीको अभिनय रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालको निर्माणमा निर्देशक गुरुङले नै छायांकन गरेका हुन् भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ । भर्खरै मात्र युट्युब मार्फत सार्वजानिक भएको यस म्युजिक भिडियो नेपाली साँगीतिक क्षेत्रमा लोकप्रिय बन्दै गईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु