एक माघले जाडो जाँदैन: मुकारुङ

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७१, सोमबार

काठमाडौं । वरिष्ठ संगीतकार बुलु मुकारुङले गीतकार नूतन भुषाललाई एक विमोचन कार्यक्रममा बोल्दै एक माघले जाडो जाँदैन भनेका हुन् । मुकारुङले गीतकार भुषाललाई एउटा एल्बम मात्रै बजारमा ल्याउने काम नगर्नु निरन्तर गीति लेखनको कार्यलाई अघि बढाउनु भन्दै नूतन एल्बमको सफलताको शुभकामना दिए । गीतकार भुषालको पहिलो एल्बम नूतन विमोचनको कार्यक्रममा बोल्दै मुकारुङले उक्त कुरा भनेका हुन् ।
राप्ती समाज नेपालको आयोजनामा भएको उक्त विमोचन कार्यक्रम वरिष्ठ गजलकार एवं गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा भएको थियो । गीतकार भुषालको नूतन एल्बमलाई गजलकार एवं गीतकार डा.कृष्णहरि बराल, संगीतज्ञ बुलु मुकारुङ, गायिका कोमल वलीलगायतको हातबाट विमोचन गरिएको थियो । राप्ती समाज नेपालका अध्यक्ष शशि शर्मा मजगैँयाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बरालले एल्बमका गीतका बारेमा बोल्दै गीतहरु मिठासपूर्ण भएको र संगीतकार एवं गायक गायिकाले ती गीतहरुलाई न्यायपूर्वक काम गरेकोले धेरै राम्रो भएको बताएका थिए । बरालले नूतन एल्बमले सफलता पाउने शुभकामना व्यक्त गरेका थिए । भुसालले आफ्नो जन्मदिनको अवसर पारेर नूतन एल्बमको विमोचन गरेकी हुन् । विमोचनको अवसरमा जन्मदिन मनाउँदै नूतनले केक काटेर सम्पूर्ण अतिथिहरुलाई खुवाएकी थिइन् ।

एल्बममा कस्तो साथ, बोलाइदिनु है, बाँचिरहूँ, कहाँ उड्यौ, तिमी गीत जस्ता गीतहरु समावेश गरिएका छन् । जसमा हरि लम्साल, सन्तोष रजौरे, दीपक शर्मा जस्ता युवा संगीतकारहरुको संगीत रहेको छ भने जूना प्रसाईँ, सन्तोष रजौरे, मिलन अमात्य, शिव परियार जस्ता चर्चित गायकगायिकाको स्वर रहेको । नूतन एल्बमको बजार व्यवस्थापन भने म्यूजिक नेपालले गरेको छ ।

IMG_3425 musickhabar nutan musickhabar musickhabar santosh musickhabar juna musickhabar nutan bhusal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु