एनसेलको पीआरबिटी सेवा बन्द

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार

गीतसंगीतको क्षेत्रमा विगत लामो समेदेखि नेपाल टेलिकमले प्रदान गर्दै आइरहेको रिङ ब्याक टोन CBRT बन्द गरे पनि अब छिट्टै खुल्दैछ भन्ने हल्ला चलिरहेकै बेला एनसेल मोबाइलले पनि आफ्नो PRBT लाई बन्द गरेको छ । पछिल्लो समय एनसेलमा पर्चेज गरेर रातारात घर गाडी जोड्न सफल भएका कलाकारहरुलाई यो हल्लाले केही दिनका लागि भने पक्कै पीडा दिनेछ ।

prbt

पिआरबीटीकै माध्यमबाट एनसेलले गीतसंगीतको क्षेत्रमा करोडौं रकम कमाउन सफल भएको छ । नेपाली गीतसंगीतको प्रयोग गरेवापत रोयल्टी तिर्ने भने पनि अहिलेसम्म रोयल्टी प्रदान गरेको भने छैन । रोयल्टी दिने भनेर सम्झौता गरेको मिति गुज्रिसकेको लामो समय भइसक्यो तर अहिलेसम्म दिने छाँटकाँट नै देखाएको अवस्था छैन । तर एकाएक डिसेम्बर १ बाट पिआरबीटी सेवालाई दुई हप्ताका लागि भन्दै बन्द गरेको छ । तर पिआरबीटीको पुरै सेवा भने बन्द हुने छैन मात्र अपलोड सेवा मात्र बन्द गर्न लागेको बताएको छ । दुई हप्ताको लागि नयाँ कोड लिने ग्राहकहरुलाई मात्र सेवा बन्द भएको एनसेलले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु