एन्जिलाको अगुवाईमा जलजला सहयोगार्थ सांगीतिक कार्यक्रम हुँदै !

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७४, बुधबार

माघ १७, काठमाडौं । दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी प्रतिभाशाली गायिका जलजला परियारको आर्थिक सहयोगार्थ चितवनमा सांगीतिक कार्यक्रम हुने भएको छ । आर्थिक स्थिति कम्जोर भएर उपचार गराउन कठिन भईरहेको अबस्थामा पिडित गायिका जलजला परियारको आर्थिक सहयोग संकलन अहिले तिब्र रुपमा अगाडी बढेको छ ।

आगामी माघ २७ गते शनिबार (फेब्रअरी १०) को दिन हुने कार्यक्रमकी अभियानकर्ता गायिका एन्जिला रेग्मी हुन् । उनले यसअघि नै अघिनै आफ्नो व्यक्तिगत तर्फ बाट रु, २०,०००(बिस हजार) सहयोग गरिसकेकी छिन् ।


बेटर चितवन, मिस एसइइ स्टार चितवन तथा लिओ क्लब अफ नारायनगड चितवनले संयुक्त रुपमा आयोजना गर्न लागेको यस सास्कृतिक कार्यक्रममा उठेको सम्पुर्ण रकम मृगौला पिडित जलजला परियारलाई हस्तान्तरण गरिने कुरा गायिका एन्जिला रेग्मीले बताइन् ।

उक्त सहयोगार्थ सांस्कृतिक कार्यक्रममा गायिका एन्जिला रेग्मी, सुजाता पाण्डे गायक अफ्सर अलि, अभिषेक भण्डारी, सुजन चापागाई, गायक महेन्द्र बराल, तथा गायक सुबास तिम्सिनाले आफ्नो आफ्नो प्रस्तुति दिने जानकारी यस कार्यक्रमकी अभियानकर्ता गायिका एन्जिला रेग्मीले गराइन् ।

नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु