एमालेले दिनेभयो कोमल वलीलाई उम्मेद्वारको टिकट

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०७४, शुक्रबार

असोज २०, काठमाडौं । राप्रपामा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएता पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गरेकी लोकप्रिय गायिका एवं नेतृ कोमल वलीको क्षमतालाई एमालेले भने कदर गरेको छ ।

 

जनताको सेवामा लगाव र झुकाव भएर सक्रिय राजनीतिमा होमिएकी वलीलाई प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले उम्मेदवार सिफारिस गरेको छ ।

लोकप्रिय गायिका तथा नेतृ कोमल वली संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार सिफारिस भएकी हुन् । दाङ क्षेत्र नं ३ बाट उनी ५ नम्बर प्रदेश सभाको सदस्यका लागि नेकपा एमालेबाट सिफारिस भएकी हुन् ।

 

नेकपा एमाले दाङ क्षेत्र नम्बर ३को तुलसीपुर पार्टी कार्यालयमा उम्मेदवार सिफारिस सम्बन्धमा मंगलबार बसेको बैठकले संघमा प्रत्यक्षतर्फ वलीलाई पनि सिफारिस गरेको हो । सोही क्षेत्रबाट प्रत्यक्षका लागि युवाराज ज्ञवाली र हिरा केसी पनि सिफारिस भएका छन् ।

 

रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएकी वलीले ‘निर्वाचनका लागि आफ्नो नाम सिफारिस भएकोमा खुशी व्यक्त गर्दै भनिन्–‘यो प्रारम्भिक छनौट र सिफारिस हो । तर प्रारम्भिक छनौटमा पर्नु पनि गौरवको कुरा हो । सेवागर्ने अवसर प्राप्त भएमा जुनसुकै जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको कुरापनि सबैमा विस्वास दिलाउन चाहान्छुु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु