‘एलजी फिल्म अवार्ड’ सम्पन्न: सुर्के थैली पपुलर गीत, पोखरेल सर्वोत्कृष्ट संगीतकार

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७३, बिहीबार

bp.blogpsot.com/facebook

काठमाण्डौ । सिनेमा सर्कल आयोजनामा भएको ‘एलजी फिल्म अवार्ड’को प्रथम संस्करण बुधबार राजधानीमा भव्यरुपमा सम्पन्न भएको छ । गतवर्ष प्रदर्शनमा आएका नेपाली फिल्महरुका आधारमा युट्युबमा एक करोड बढी हेरिएको ‘सुर्के थैली’ गीतले पपुलर गीतको अवार्ड जितेको थियो । भने अर्जुन पोखरेलले सर्वोत्कृष्ट संगीतकारको अवार्ड उचाल्न सफल भए ।arjun_pokhrel_lgaward

पहिलो पटक पर्दापछाडि रहेर काम गर्ने सर्जकलाई पनि सम्मान गरिएको उक्त अवार्डमा उत्कृष्ट पोस्टर निर्माणका लागि सुन्दर श्रेष्ठ, ट्रेलरका लागि साहिल खान, स्टन्टका लागि सिम्पसन तामाङ, भीएफएक्सका लागि अक्की शर्मा र सत्यम रानाले अवार्ड उचाले । सवब्याकग्राउन्ड स्कोरको अवार्ड एलिस कार्कीले उचाले भने उत्कृष्ट एक्सनको अवार्ड हिमाल केसीको पोल्टामा गयो भने उत्कृष्ट कोरियोग्राफर रेनेशा राई बन्न सफल भइन् ।

अवार्ड प्रदान समारोहको पहिलो वर्ष भएतापनि कार्यक्रमको व्यवस्थापन उत्कृष्ट देखिन्थ्यो । समारोहमा बलिउड अभिनेता तथा भारतीय लोकसभाका सांसद शत्रुघ्न सिन्हाको समेत उपस्थिति रहेको थियो । मुलुकका विभिन्न क्षेत्र, तह र तप्काका ख्यातिप्राप्त व्यक्तिहरु समेतको उपस्थिति रहेको समारोहमा चलचित्रमा महत्वपूर्ण भूमिका र योगदान पू¥याउने २१ विधाका व्यक्तित्वलाई अवार्ड उचाल्ने अवसर प्राप्त भएको थियो ।

lg-awards
उत्कृष्ट फिल्मको बाजी ‘पशुपति प्रसाद’ ले नै मारेको छ । दीपेन्द्रले पनि यसै फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जिते । पटकथा लेखनमा ‘पशुपति प्रसाद’ बाट खगेन्द्र लामिछाने नै उत्कृष्ट बने। उत्कृष्ट अभिनेतातर्फ दयाहाङले अवार्ड जित्दा अभिनेत्रीको अवार्डमा नम्रता श्रेष्ठले अवार्ड उचालिन् । उनले क्लासिकका लागि उक्त अवार्ड जितेकी हुन् । छायांकारको अवार्ड पुरुषोत्तम प्रधान र सञ्जय लामाको पोल्तामा गयो भने उत्कृष्ट सम्पादक सुरेन्द्र पौडेल ठहरिए ।

बलिउड अभिनेता तथा लोकसभा सदस्य शत्रुघ्न सिन्हा विशेष अतिथि रहेको अवार्ड समारोहमा शत्रुघ्नले आफ्नो बायोग्राफी पुस्तक ‘एनिथिङ बट खामोस’ को नेपाल रिलिज पनि गरे। प्रकाशकले उक्त पुस्तक भारतपछि नेपालमै पहिलो अन्तर्राष्ट्रिय रूपमा लोकार्पण गरिएको दाबी गरे। उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति रहेको कार्यक्रममा वर्षौं फिल्म क्षेत्रमा कला निर्देशक तथा भेषभूषामा योगदान र्पुयाएका उद्धवराज भट्टराई (जुंगे भट्टराई) लाई लाइफटाइम अचिभमेन्ट अवार्डसँगै ५१ हजार रुपैयाँले सम्मान गरियो भने अभिनेत्री करिश्मा मानन्धरले दशककै उत्कृष्टको उपाधि पाइन्।

रेखा थापा र अनमोल केसीलाई सर्वाधिक पपुलर कलाकारको रूपमा घोषणा गरियो । अवार्ड लिन भने दुवै अनुपस्थित रहे। त्यसैगरी, ‘प्रेमगीत’ जोडी प्रदीप खड्का र पूजा शर्मालाई उत्कृष्ट अनस्क्रिन जोडीका रूपमा अवार्ड दिइँदा कलरिस्टको अवार्ड अनन्त घिमिरेले जिते। सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसी र सुन्दरी उद्घोषिका शिवानी थापाले कार्यक्रम सञ्चालन गरेका थिए । शत्रुघ्न सिन्हाको उपस्थितिमा अवार्ड समारोहले रौनकता पाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु