एलिशाको भट्टिमा रबिन

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७३, शुक्रबार

पछिल्लो समय व्यस्त बनेकी मोडल एलिशा क्षेत्री कुलेखानिमा भट्टी पसल खोलेर बसेकी छिन् । कुरा एक म्युजिक भिडियोको हो । उक्त गीतलाई युनिक इन्टरटेन्मेन्टले बजारमा ल्याउदै छ ।

dinesh thapa

 

अहिले पछिल्लो पुस्ताको रोजाइमा परेकी मोडल एलिशा र रबिन बस्नेतको अभिनय उक्त भिडियोमा देख्न सकिने छ भने, गीतमा सङ्गीत तथा स्वर प्रकाश प्रतीक्षा कान्छाको रहेको छ । भिडियोलाई सुदेप श्रेस्ठले खिचेका छन् भने सम्पादन पनि उनैले गर्ने छन् ।

 

गीतमा निर्देशन युनिक इन्टरटेन्मेण्टका संचालक सिन्धुलियन युनिकले गरेका हुन् । गीतको सुटिङ मकवानपुरको कुलेखानी आसपासमा गरिएको छ । भिडियो रमाईलो बन्नेको छ । गीतमा रबिन बस्नेत, एलिशा, राम, मनुका, साथै सरोज थापाको अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु