कँडेल किन भुल्दैछन् सान्नानीतिर

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७३, मंगलवार

गीतकार शंकर देव कँडेल यतिबेला सान्नानीतिर भुल्दैछन् । गीतसंगीतको दुनियाँमा उनको सान्नानी मोह देखेर धेरैलाई लाग्न सक्छ गीतकारको सान्नानीले कसलाई अप्ठ्यारोमा पार्ने हो भनेर । गीतकार शंकर ‘देव’ कँडेलले रचनामा आधुनिक गीति एल्बम ‘सान्नानी’ लोकार्पण गरिएको छ । संगीतकार आलोकश्रीले नौवटा गीत रहेको उक्त एल्बम विमोचन गरेका थिए । एल्बम विमोचन गर्दै संगीतकार आलोकश्रीले एल्बममा समावेश गीतहरु सुमधुर तथा मुडमा ल्याउन भएकाले ती गीतहरु लोकप्रिय हुने सम्भावना रहेको बताए । उनले भने, ‘मुडमा ल्याउने खालका छन्, पक्कै लोकप्रिय हुनेछन् ।’

Sannani-1

एल्बममा ‘सान्नानी सुनन’,‘जति नजिक हुन्छु म’,‘सम्झेर फेरी’ लगाउतका गीतहरुमा वसन्त सापकोटा, अनुप रेग्मी, चिरञ्जीवी भण्डारी तथा हितान शुक्रको संगीत सुन्न सकिन्छ । एल्बमका गीतमा शिव परियार, मनोजराज, मिलन अमात्य, चिरञ्जीवी भण्डारी, मनिषा पोखरेल, एञ्जिला रेग्मी आदिका स्वर सुन्न सकिन्छ । समारोहमा गायक चिरञ्जिवी भण्डरीको स्वरका दुई गीतहरु ‘सान्नानी’ तथा ‘म भन्छु यो गर’ तथा मिलन अमात्यको स्वरको ‘जति नजिक…’ गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । सान्नानी‘तथा जति नजिक‘गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् भने ‘म भन्छु यो गर’ गीतको म्युजिक भिडियोका निर्देशक युवराज वाइवा हुन् । सान्नानी एल्बमलाई देव संगीतले बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु