कन्हैया, अन्जना र रामजीलाई सयपत्री सम्मान

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७३, शुक्रबार

सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले आफ्नो स्थापनाको दशौं बर्षको उपलक्ष्यमा २४ जुलाइमा द एम्पायर हल अल्डरसटमा भब्य सांस्कृतिक एवं सम्मान कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गायक कन्हैया सिंह, रामजी खाँड, गायिका अन्जना गुरुङ लगायतलाई सम्मान गरिने भएको हो ।

‘सयपत्री साँझ’ शीर्षकमा कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष एलबी गुरुङले जानकारी दिए । उक्त कार्यक्रममा अहिले अमेरिका बस्दै आएका कलाकार कन्हैया सिंह, अन्जना गुरुङ लागायत सहभागी हुने छन् । युकेमै बस्दै आएका रामजी खाँणलाई पनि सम्मान गरिने भएको छ ।

samman

उक्त कार्यक्रममा मनसुधन थापा, प्रभु गुरुङ, कबिता घर्तिमगर गुरुङ, महेश गुरुङ, पुष्पा गुरुङ, सुबास गुरुङ, शशी गुरुङलगायतका कलाकारको पनि प्रस्तुति रहने छ ।

ककाइव ब्याण्डको बिषेस सांगीतिक प्रस्तुतिका साथ साथै स्थानिय कलाकारले प्रस्तुति दिने भएका छन् । कार्यक्रमका संयोजक एवं सयपत्री कल्चर ग्रुपका सचिब प्रभु गुरुङका अनुसार कार्यक्रमलाई निकै भब्य बनाउने तयारी भएको छ ।

अहिले लण्डनमा रहेका संगीतकार कन्हैया सिंहले लण्डनकै केहि स्थानमा हुने सांगीतिक टुरमा सहभागी हुने बताए । ‘सयपत्री कल्चरल ग्रुप’ कै आयोजनामा लण्डनको केहि शहरमा हुने कार्यक्रममा कन्हैया र अञ्जनाले प्रस्तुति दिने भएका छन् ।

कोशेलि परिवारको आयोजनामा अगस्त १३ मा कार्यक्रम सकेपछि नेपाली आउने कन्हैया सिंहले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु