कमल थापालाई अर्को धक्का, कोमल वली एमालेमा जाने पक्का !

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७४, शनिबार

असोज ७, काठमाडौं । राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल वली नेकपा एमालेमा प्रवेश गर्ने पक्का भएको छ। राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

 

राप्रपाको शक्ति कमजोर भएपछि कोमल वलीले त्यहाँबाट आफ्नो भविश्यको सम्भावना नदेखेपछि एमालेमा प्रवेश गर्न लागेकी हुन् । रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी कोमल ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् ।

 

कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।

 

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ ।

 

कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन् । दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ ।

 

कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बतायो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु