कम्पनी मालिकहरु नाक खुम्च्याउँछन् : श्रेष्ठ

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७०, आईतवार

काठमाडौं, २ चैत । राम्रो गीत बनाएको छु, मेरो गीत निकालिदिनुप¥यो यसले बजार लिन्छ भनेर कसैले भन्यो भने कम्पनीका मालिकहरु नाक खुम्च्याउँछन्, संगीतकार सन्तोष श्रेष्ठले भने– ‘बालुवामा पानी हालेजस्तै गरेर गीत रेकर्ड र भिडियो गरेर प्रमोशनको लागि मात्र कम्पनीमा बुझाउँदा पनि कम्पनी मालिकहरु नाक खुम्चयाउँदै स्रष्टालाई हेप्ने प्रवृत्ति हावी भएको छ ।’
राजधानीमा भएको एक विमोचन कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले अहिलेको अवस्थामा एउटा एल्बम तयार गरेर विमोचन कार्यक्रम गर्नु आफैंमा चुनौति भएको बताए । स्रष्टाको सिर्जनामाथि कम्पनी मालिकहरुले रजाइ गरिरहेकै अवस्था एकातिर छ भने पाइरेसीका नाममा साना पसलेहरुले कमाइ गरिरहेको बताउँदै श्रेष्ठले विमोचन कार्यक्रम गर्नु भनेको गीत बजारमा आयो भन्ने सूचना दिनु मात्रै भएको बताए । बजारमा सस्तो लोकप्रियताका नाममा हुने गरेको अस्वस्थ प्रतिस्पर्धाले संगीत बजार तहसनहस बनेको हो श्रेष्ठले भने, अब सबैले सोच्नुपर्ने बेला आएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु