कलाकारलाई जुनकिरीको सम्मान

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७१, बिहीबार

काठमाडौं । जुनकिरी रोधी क्लव दरबारमार्गले आफ्नो दोस्रो वार्षिकीको अवसरमा विभिन्न कलाकारलाई सम्मान गरेको छ । बुधबार रोधी क्लवमै आयोजित समारोहमा प्रमुख अतिथि सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सम्मानीत हुनेहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा लोकगायिका बिमाकुमारी दुरा, गायक रामकृष्ण ढकाल, संगीतकार आलोश्री, हास्य कलाकार दमन रुपाखेतीलगायत करिब एक दर्जन कलाकारलाई सम्मान गरिएको थियो । नेपाली गायन तथा कला क्षेत्रमा योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको रोधी क्लवकी सञ्चालक तथा गायिका धनकुमारी थापा ‘सरु’ले बताइन् । लामो समयदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशील रहेर लोकसंगीत क्षेत्रमा योगदान पु¥याउँदै आएकी गायिका सरुलाई मन्त्री रिजालले शुभकामनासमेत दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री रिजालले भने, ‘यस रोधी क्लवले व्यवसायिकसँगै नेपाली लोक तथा कला क्षेत्रमा पनि योगदान पु¥याउँदै आएकोमा खुसी लाग्यो ।’ उनले नेपाली लोकगीत आमनेपालीको मौलिक संस्कृति र पहिचान भएको भन्दै यसलाई सबैले जगेर्ना गर्नुपर्ने बताए ।
जुनकिरी रोधी क्लव १४ वर्षअघि गायिका सरुले राजधानीको गंगबुदेखि सुरुवात गरेकी हुन् । गंगबुमा सफलतापछि दुई वर्षअघि उनले दरबारमार्गमा शाखा स्थापना गरेकी हुन् । उक्त रोधी क्लवमा हरेक साँझ विभिन्न चर्चित लोक कलाकारले लोककला प्रस्तुत गर्दै आएका छन् । कार्यक्रममा विभिन्न कलाकार तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

junkiri 2 junkiri1 junkiri

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु