कलाकार गायिका रश्मि र बिमलाको ‘तीजले बोलायो’मा अभिनेत्रीहरुको बर्चस्व (भिडियो सहित )

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७३, शुक्रबार

काठमाडौँ : चरित्र अभिनय र कलाकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्रीहरुको नाम हो रश्मि भट्ट र बिमलागिरि, नेपाली चलचित्र देखि विभिन्न टेलिचलचित्र , म्युजिक भिडियो सम्ममा रश्मि र विमलाको सधै चर्चा रहने गर्छ । आफ्नो जिबन्तअभिनयबाट दर्शकहरुको मन जित्न सफल चर्चित चरित्र अभिनेत्री द्वयले यस वर्ष दर्शक श्रोताको मन मस्तिष्कमा बस्ने तीजकोकोशेली बजारमा ल्याएका छन् । नेपाली तीज गीतका पारखिहरुका लागि रश्मि भट्ट र बिमला गिरिको सुमधुर स्वरमा रहेको तीजगीतको भिडियो भर्खरै मात्र बजारमा सार्बजनिक भइ सकेको छ । “तीजले बोलायो….” बोलको गीतको भिडियो युट्युब मार्फतसार्वजनिक गरिएको हो । छोटो समयमानै चर्चाको शिखरमा रहन सफल  यो तिजको गीतमा आफ्नो अनि नेपाली पनको मौलिकताझल्काएको कुरा कलाकार द्वय रश्मि र बिमलाले जानकारी गराए

 13872699_1155261504497370_1518758082459228654_n
उनीहरुले गीतमा नेपाली संस्कार र संस्कृतिलाई झल्काउने र चलिआएको नेपाली परम्परालाई प्रस्तुत गर्ने प्रयास गरेका छन । तिजकोबेला गाउँघर तिर महिला दिदि बहिनीहरु जम्मा भएर नारी बेदना पोख्ने, माइत जान नपाउदा को ब्यथा मनको पिडा  झल्को दिलाउनेगरि गित तयार भएको छ जसलाई निर्देशन गरेका छन् एम बि गुरुङले । गीतमा लय,शब्द रश्मि भट्टकै रहेको छ ।भिडियोमा पवित्राआचार्य, रश्मि भट्ट, बिमला गिरि, किरण केसी, गोमा केसी, बिद्या कार्की, शर्मिला शर्मा लगायतका चलचित्रकर्मीहरुको जिबन्तअभिनय र नृत्य रहेको छ ।
भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु