• कलाकार दिपाश्री निरौला बनिन् गायक यम बरालकी ‘राम पियारी’

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०८२, बिहीबार

    काठमाडौं । लोकप्रिय कलाकार एवं निर्देशक दिपाश्री निरौला लोकप्रिय गायक यम बरालकी राम पियारी बनेकी छिन् । प्रसंग हो भर्खरै सार्वजनिक भएको दिपाश्री र यम बराल अभिनित नयाँ म्युजिक भिडियो – ‘राम पियारी’को । सार्वजनिक उक्त म्युजिक भिडियोमा लोकप्रिय गायक यम बरालको स्वर रहेको छ । डिपी खनालको शब्द छ भने शंकर थापा स्माइलले संगीत भरेका हुन् । विश्व अधिकारीले एरेन्ज गरेको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।
    गीतको भिडियोमा दिपाश्रीको जोडीको रुपमा गायक बरालले अभिनय गरेका छन् । गितान्जली शर्मा र सुरेन्द्र भुजेल थापा गीतका निर्माता हुन् । दिपेश एसकेको कोरियोग्राफी रहेको छ । दीपक नेपालीको निर्देशनमा भिडियो तयार भएको हो प्रेम लामाको निर्देशनमा तयार भएको भिडियोको छायांकन समेत प्रेम लामाले नै गरेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु