कलाकार निरु दम्पतीबीचको झगडाको ‘ह्याप्पी इन्डिङ’!

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७४, आईतवार

पौष ३०, काठमाडौं । टेलिश्रृङ्खला मेरीबास्सैमा निर्मली र ठ्यासकुमारीको नामबाट परीचित हाँस्य कलाकार निरु खड्का र उनका श्रीमान नरोत्तम गौतम बीचमा भएको झगडाको खबरले सिंगो कलाकारिता क्षेत्रलाई दुःख महशुष गरायो । तर बुढाबुढीको झगडा परालको आगो भने झैं निरु र नरोत्तम बीचको घरायसी झगडा पनि साम्य भएको छ । म्यूजिक खबरसँगको कुराकानीमा निरुले भनिन्–‘घरको झगडा परालको आगो भन्छन्, हो रहेछ हामी दुवैले आफ्नो गल्ती महशुष गरेका छौं । मिलेरै जीवन अगाडि बढाउने छौं । तपाईंहरुको माया, चासोप्रति आभारी छौं । हाम्रो डिभोर्स हुने छैन ।’

श्रीमान्ले कुटेको होइन भन्ने प्रश्नमा–उनले श्रीमानले कुटेको स्विकार गरिन् । तर दुवैजना संयमित हुन नसकेकाले झगडा भयो । ‘उहाँ पनि आवेशमा आएर गल्ती गर्नुभयो । ‘मैले पनि फेसबुकमा स्टाटस लेख्नु हुँदैनथ्यो, लेखेर गल्ती गरें।’

खड्काले बुधबार फेसबुकमा स्टाटस राख्दै परीवारले अभिनय छोड्न दवाव दिएको कुरा खुलासा गरेकी थिईन । त्यसमा उनले लेखेकी थिईन् – ‘मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ,अब म के गरुँ डिभोर्स गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।’

बिहीबार भने उनले आफ्नो अघिल्लो दिनको स्टाटस हटाएर फेरी बिद्रोह गर्ने चेतावनीको स्टाटस राखेपछि धेरैले घरझगडा भएको अड्कल काटेका थिए । उनले बिहीबार दिउँसो सवा ३ बजे लेखेकी थिईन ‘जब सहने सक्ने सहास सकिन्छ तब मानिस बिद्रोह गर्छ, स्वाभिमान का लागि ।’

मिडियालाई समाचार अतिरञ्जित नगर्न आग्रह
दुवै तर्फको गल्तीले घर झगडा भएकै हो तर मिडियामा आएजस्तै चाहिं भएको होइन । आगामी दिनमा आफ्नो गल्ती स्वीकार्दै मिलेर घरगृहस्थ अघि बढाउने छौं । हाम्रै कारणले बाहिर कुरा आएता पनि अब हामी मिलीसकेकाले नभएको कुरा मिडियामा नलेख्न निरुको आग्रह छ ।
कला क्षेत्रमा एक–दुई जनाले गरेको बदमासीका कारण यसपटक श्रीमानले कुटेपनि मिडियामा आएजस्तो भने नभएको उनको भनाई छ । ‘झगडा चाहिँ हो तर अनलाईनहरुमा आएजस्तो भने होईन ।’ उनले भनिन् । तर अहिले आफू परीवारको साथमा रहेको उनको भनाई छ । ‘हिँजो भाईसँग थिएँ, आज परीवारमै छु ।’ उनले भनिन् ।

उनले आफू बिरामी अवस्थामा भएकोले फेसबुकको स्टाटस हटाउन नसकेको बताईन् । तर बिरामीको कारण भनेन खुलाईनन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु