कलाकार र पत्रकार सम्मान गर्दै मनाइयो दोहोरीको वार्षिकोत्सव

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७३, शुक्रबार

बागलुङ कालिका दोहोरी साँझ’ गंगबुले आफ्नो पाँचौँ वार्षिक उत्सवका अबसरमा दुई पत्रकारसहित राष्ट्रियस्तरका आधा दर्जन बढी कलाकारहरूलाई सम्मान गर्दै वार्षिकोत्सव सम्पन्न गरेको छ ।

काठमाडौंको गंगबु मित्रनगरस्थित बागलुङ कालिका दोहोरी साँझमा आयोजित विशेष कार्यक्रममा गायक एवम् दोहोरी साँझका सञ्चालक राजन ठकुरीले कलाकार तथा पत्रकारहरूलाई सम्मान गरेका हुन् । दोहोरी साँझमै विशेष कार्यक्रम राखेर कलासंस्कृतिमा योगदान पुगाएको कदरस्वरुप सम्मान गरिएको गायक ठकुरीले बताए ।

Raju-pariyar

चार वर्ष अघि पुतलीसडकमा स्थापना भइ आफ्नो यात्रा सुरू गरेको बागलुङ कालिका दोहोरी साँझले यसैसाता आफ्नो यात्राको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा टेकेको हो ।

chandra sharma

बागलुङ कालिका दोहोरी साँझका तर्फबाट गायक राजु परियार, गायक चन्द्र शर्मा, गायक जीवन शर्मा, गायक बिरही कार्कीलगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै दैनिक नेपाल डटकमका कार्यकारी सम्पादक विमल योगी, म्युजिक खबर डटकमका प्रधान सम्पादक सुमन बैरागीलगायतलाई सम्मान गरिएको थियो ।

Chandra-jeevan
‘कलाक्षेत्रमा योगदान पु¥याउनु भएका कलाकार र पत्रकारहरूलाई सम्मान गरेका हौँ’, दोहोरी साँझका सञ्चालक समेत रहेका गायक ठकुरीले भने, ‘कला संस्कृतिको जर्गेना गर्ने दायित्व तपाई हाम्रै हो । सबैलाई हौसला मिलोस् भन्ने उद्देश्यले सम्मानको निरन्तरतालाई अगाडि बढाएका हौं ।’

baglung kalika dohori

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु