कस्तो होला दावाको सम्वन्ध

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७३, बिहीबार

दावा के शेर्पाले आफ्नो तेस्रो एल्वम सम्बन्ध एक कार्यक्रमका बीच सोमबार विमोचन गरेका छन् । बरिष्ठ गायक सीताराम पोखरेल, म्यूजिक भिडियो निर्देशक समन अधिकारी लगायतका अतिथिहरुद्धारा शेर्पाको एल्वम विमोचन गरिएको थियो । एल्वममा समेटिएको के यो माया हो बोलको म्यूजिक भिडियो पनि कार्यक्रममा प्रर्दशन गरिएको थियो ।

dawa-1
आर एन बि शैलीको गीत के यो माया हो बोलको यस भिडियोमा दावा के शेर्पाको स्वर, रवि लामाको शब्द संगीत र कुरुपको ¥याप रहेको थियो भने सुप्रिया कटवाल, जेनी शेर्पाको अभिनय देख्न सकिने छ । अमृत सुनुवारको कुशल छायाँकन रहेको यस भिडियोको सम्पादन जीवन थापाले गरेका छन् भने भिडियोको निर्देशन समन अधिकारीको रहेको छ ।

dawa-3

रेस्क्यू क्रियशनद्धारा निर्मित यो भिडियो सिन्धुलीका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको र भिडियो निक्कै उत्कृष्ट बनेको समारोहमा सहभागि अतिथिहरुले बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु