कस्तो होला बद्री र सकुन्तलाको रातो पछ्यौरी ?

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७१, आईतवार

काठमाडौं ।  चर्चित लोक गायक बद्री पंगेनी र दोहोरी गायिका शकुन्तला थापाको नयाँ लोक दोहोरी गीत “रातो पछ्यौरी” बजारमा आएको छ । राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा राजधानीमा शनिबार एक समारोहका बीच उद्योगमन्त्री महेश बस्नेत र संचारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपालले संयुक्तरुपमा उक्त गीतिसंग्रह सार्वजनिक गरेका हुन् । सृजनालाई मिठासपुर्ण ढंगले पस्कन सिपालु सर्जक एक नारायण भन्डारीको लय तथा शब्द सिर्जना र विनोद बाजुरालीको संगीत संयोजनमा तयार भएको गतिमा बद्रि पंगेनी र शकुन्तला थापाले स्वर दिएका छन् ।
गीतको विमोचन गर्दै उद्योगमन्त्री महेश बस्नेतले नेपाली संगीतक्षेत्रलाई उद्योगको रुपमा अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उद्योगमन्त्री बस्नेतले यस क्षेत्रलाई समृद्ध उद्योगको रुपमा स्थापित गर्न आवश्यक योजना निर्माणका लागि गीत संगीत, कला, साहित्य तथा चलचित्र क्षेत्र उद्योगमा आवद्ध भई दीर्घकालिन खाका निर्माण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपालले नेपाली मौलिक लोक गीत हराउदै गएको बेला राज्यले संस्कृति संरक्षण र संबद्र्धनमा उचित कामको थालनी गर्नुपर्नेमा जोड दिए । उनले लोक कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आएका देशविदेशका लोकसंचारकर्मीले वास्तविक मौलिकपन सहित बजारमा आएको गीतलाई प्राथमिकतामा राख्नुपर्ने बताए । त्यस्तै गीतसंगीतको भद्रगोलतालाई सहि बाटोमा ल्याउन राज्यले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड लिए ।

mahesh_badri_sakuntala
कार्यक्रममा चर्चित लोक गायक बद्री पंगेनीले नेपाली कलाकार पलायन हुनुका कारण चर्चा गर्दै नेपाली संगीत उद्योगको अबस्थामा सुधार नआए पलायनको संख्या अझ बढ्ने तर्फ सचेत गराए । त्यस्तै लोक गायक पंगेनीले सरकारले पाईरेसि नियन्त्रणमा कडा कदम नचाले मौलिक गीत धरापमा पर्ने तर्फ सचेत गराउदै यस्तै अवस्थाले प्रसय पाईरहे विदेशी संस्कृतिले अधिकार जमाउने कुरामा जोड दिए ।
त्यस्तै झण्डै ३ बर्षदेखि इटली बस्दै आएकी गायिका शकुन्तला थापाले नेपालमै नेपाली संगीत उद्योगवाट रोजीरोटीको व्यवस्था हुन सके विदेश जानुपर्ने समस्या नआउने बताईन् । कार्यक्रममा बोल्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका महासचीव रमेश बी.जी लगायतका बक्ताले विमोचित गीति संग्रहको सफलताको शुभकामना प्रदान गरेका थिए । गीतलाई सितारा म्यूजिक प्रा. लि. ले बजारमा व्यवस्थापन गरेको हो ।

folk song

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु