कार्कीको नेतृत्वमा राष्ट्रिय संगीतकर्मी संघ

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार

१५ जेठ, काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको चौथो राष्ट्रिय महाधिबेशनबाट राजेन्द्र कुमार कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको अध्यक्षमा कार्की चयन भएसँगै वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, प्रथम उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष रमेश दुलाल, अमृत खाति, महासचिव विक्रमजंग शाह, सचिव शर्मिला श्रेष्ठ र जीवन परियार चयन भएका छन् ।

त्यसैगरी सह सचिव श्रीकृष्ण दाहाल, होम सुवेदी प्रवक्ता, कोषाध्यक्ष मिलन श्रेष्ठ, सह कोषाध्यक्ष सुर्य श्रेष्ठ, सदस्यहरुमा रिना थापा मगर, आशा लामा, शिर्जु अधिकारी, एलिना रायमाझी चयन भएका छन् । त्यसैगरी प्रदेश संयोजकतर्फ प्रदेश नं. १ शिव प्रसाद घिमिरे, प्रदेश नं. २ निर कँडेल, प्रदेश नं ३ दिपक रिमाल, प्रदेश नं. ४ विनोद ढकाल, प्रदेश नं. ५ थानेश्वर अधिकारी, प्रदेश नं. ६ पदमबहादुर रोकाया, प्रदेश नं. ७ अर्जुन सुनाम चयन भएका छन् ।

त्यसैगरी  वैकल्पिक केन्द्रिय सदस्य राजन चौलागाईं खैराँते, शिलु भट्टराई, राजकुमार भट्टराई, ईश्वरी बस्नेत, जगत बशिष्ठ रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु