कार्की ‘ट्वान्टी सिक्सटिन’

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७३, बुधबार

लामो समयदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक श्याम कार्की भर्खर ट्वान्टी सिक्सटिन भएछन् । उनको डेब्यू एल्बम ‘ट्वान्टी सिक्सटिन’ (द्दण्ज्ञट) काठमाडौंमा सार्वजनिक गरेका छन् । मोडलिङमा समेत सक्रिय रहेका गायक कार्कीको यो एल्बममा आधुनिक तथा पप शैलीका गीत–संगीत समावेश गरिएको छ । सार्वजनिक गरिएको एल्बममा छ वटा गीत समावेश छन् । एल्बममा समावेश गरिएका गीतहरुलाई बिराट कडरिया, अर्जुन पोखरेल, राजन तिमिल्सिना, राम सिटौला तथा रवि मल्लले संगीतबद्ध गरेका छन् । रबि मल्ल, सुशिला पौडेल, रुपा पाण्डे, राजन तिमिल्सिना, बिमल गौतम तथा राम सिटौला एल्बमका गीतका रचनाकारहरु हुन् । द रिबेल क्रिएसनले यो एल्बमलाई बजार व्यवस्थापन गरेको हो ।

shaym karki

एल्बमसंगै एल्बममा समावेश ‘तिम्रो मायाले बा“धेर…’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भए लगत्तै दर्शकले यसलाई अत्यधिक मन पराएका छन् । बिराट कडरियाको संगीत तथा रवि मल्लको शब्दको यो गीतको भिडियोलाई सतिश श्रेष्ठले निर्देश्ँन गरेका हुन् भने यसका सम्पादक पनि उनै हुन् । उमंग शाही तथा अनिल मानन्धर यो भिडियो छायांकार हुन् । गायक कार्कीले यसअघि ‘सकिन यो मनलाई ढाट्न’ शीर्षकको गीतबाट चर्चा पाएका थिए ।

‘ट्वान्टी सिक्सिटन’ एल्बममार्फत गायन क्षेत्रमा आउनुअघि नै गायक कार्की मोडलिङमा स्थापित भैसकेका छन् । उनले पहिलोपटक मोडलको रुपमा गायक विवेक सिटौलाको ‘पागलसरी’ गीतमा अभिनय गरेका थिए । त्यसपछि उनले गायक उदित नारायणको स्वर तथा अर्जुन पोखरेलको संगीतको ‘सर्माएर लजाएर’ शीर्षकको गीतमा पनि अभिनय गरेका छन् । यसबाहेक उनले चलचित्र ‘माइतीघर’ को ‘नमान लाज यसरी’ शीर्षकको गीतको म्युजिक भिडियोमा पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसंग अनस्क्रिन रोमान्स गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु