किन भएन माग्ने र मैयाँको विवाह (भिडियोमा)

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७१, बुधबार

काठमाडौं । हाँस्य कलाकार माग्ने बुढा र मैयाँको पर्दामा विहे भएको देखाइए पनि रियलमा चाहिँ विहे किन भएन ? उनीहरुको वास्तविक नाम भन्दा पनि हाँस्य नाम बढी चर्चामा छ, टेलिभिजन हेर्नेलाई लाग्ला वास्तवमै बुढाबुढी नै हुन् भनेर तर उनीहरु वास्तवमा बुढाबुढी हुन नपाएको दुखेसो भने अहिले बजारमा आएको छ ।
माग्ने बुढा र मैयाँको सानोपर्दाको हिट जोडीले माया प्रेमको गन्थन अनि विवाह हुन नपाएको दुखेसो पोखेको भिडियो सार्वजनिक भएको छ । छोटो समयमा नै हजारौँ दर्शकले हेरिसकेको एक म्युजिक भिडियोमा निर्देशक शंकर बिसीले यो जोडीलाई रमाईलो पाराले प्रस्तुत गरेक छन् ।
एकसमय हाँस्य टेलिश्रृङ्खला ुमेरी बास्सैुको चर्चित यो जोडीलाई कम्मर मर्काउने तथा लुकामारी गर्ने अवसर श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको ‘चोर बिरालो’ बोलको गीतले जुरेको हो । देवकोटा र कटुवालको मन छुने स्वर रहेको यो भिडियोमा यो जोडीसँगै अर्का चर्चित हाँस्य कलाकर सुरविर पण्डितलाई पनि देख्न सकिन्छ ।
गीतमा बिनोद ढकालको शब्दमा सागर ढकालको संगीत रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु