कुमारीले भनिन्ः पर्खि बसेको छु

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७२, बुधबार

काठमाडौं । गायिका तथा गीतकार कुमारी लामाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भनिन् ‘पर्खि बसेको छु’ । एल्बमलाई संगीत नाट्य प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, संगीतकार आलोकश्री, रेडियो नेपालका उपनिर्देशक टिका भण्डारी, गायक यम बराललगायतले लामाको एल्बम पर्खि बसेको छु सार्वजनिक गरेका छन् ।

एल्बममा सैलुङ्गे माथि, ढलेको जोवन, पर्खि बसेको छु, सानु आइ लभ यु, मिठो मुस्कान गरि पाँच गीत समावेश गरिएको छ । मिनबाहादुर तामाङ, जीवन तामाङ, कुमारी लामाका शब्द रहेका गीतमा यम बराल, कुमारी लामा, जीवन तामाङको स्वर रहेको छ भने विक्रमजी लामा, जीवन तामाङ र अनिल शाहीको संगीत अनि संजय हमालको ऐरेन्ज रहेको छ । एल्बम सार्वजनिक समारोहमा एल्बममा रहेका सैलुङ्गे माथि र ढलेको जोवन दुई गीतका म्युजिक भिडियो पनि देखाइएको थियो ।
प्रमुख अतिथि बास्कोटाले कुमारी लामा लामो समय देखि नेपाली गीत संगीतमा सक्रिय नाम हो भन्दै एल्बमको सफलताको शुभकमना दिएका थिए । भने अन्य अतिथिहरुले पनि गीतहरु समधुर रहेको र म्युजिक भिडियो पनि राम्रो बनेको बताउँदै सफलताको शुभकामना दिएका थिए ।

kumari lama-1 - Copy
कार्यक्रममा उपसना नेवाङ, रामकुमार केसी, मिनबहादुर तामाङ, सुरेश तामाङ, सागर सुब्बा, अस्मिता सिल्वाल, कविता गिरी, गीता अधिकारी, रमेश थापा, शक्ति थापा, असिम थापा, सुनिल लामा, जीवन तामाङ, सुजनराज बानिया, प्रेम लामा, दिनेश पराजुली, विक्रमजी लामा, प्रकाश शाह, ममता मोक्तान, टेकेन्द्र शाह, यम बराल, कुमारी लामालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कुमारी लामाका यस अघि मिठो मुस्कान र छम छम एल्बम बजारमा आइसकेका छन् यो उनको तेस्रो एल्बम हो । नेपाली ठुलो पर्दा र सानो पर्दामा समेत अभिनय गरेकी लामाले थुप्रै चलचित्रहरुमा गीत पनि गाएकी छन् । एल्बमलाई युथ त्रिएशनले बजार ब्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु