कुसुमे रुमालमा आगलागी । ४० लाखभन्दा बढी क्षति

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७०, आईतवार

काठमाडौं, २५ फागुन । राजधानीको सुन्धरास्थित कुसुमे रुमाल दोहोरी साँझमा आगलागी हुँदा करिब ४० लाखभन्दा माथिको क्षति भएको छ । शुक्रबार राति १२ बजे दोहोरी बन्द गरेर घर फर्किएको तर शनिबार विहान मात्र दोहोरीमा आगलागी भएको खबर थाहा पाएको दोहोरी संचालक गायक राजु ढकालले म्यूजिक खबरलाई जानकारी दिए । गायक राजु ढकाल, गायिका जानकी तारम मगरुलगायत ५ जनाको लगानीमा संचालन भइरहेको दोहोरीमा आगलागी भएपछि ५ वटा दमकलको सहायताले आगो निभाइएको थियो । आगो कसरी लाग्यो भन्नेमा अनुसन्धान भइरहेको भए पनि विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु