‘केवल तिम्रो यादमा’ छिन् अबुन्

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७३, बुधबार

विदेशी भूमिमा बसेपछि कसैको यादमा तड्पिनु सामान्य कुरा नै बनिसकेको हुन्छ । विदेशका हरेक पीडाभित्र उराठ देख्ने अबुन् कसैको यादमा तड्पिएर बाँच्नुपर्दाको पीडामा छिन् । विदेशको भूमि, विदेशी भाषा र संस्कारमा एक्लो महसुस गरिरहेकी गायिका अबुनले कसैको यादमा आफूलाई भुलाइरहेकी छिन् ।

1

विदेशी भूमिमा बसेर गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायीका अबुन पाण्डेले यतिखेर नयाँ गीत बजारमा ल्यायकी छन् । ‘केवल तिम्रो यादमा’ बोलको उक्त अनप्लग गीतमा टिका दाहालको सङ्गीत र रमेश दहालको शब्द सुन्न सकिन्छ । यस अघि अबुनले पाल्पाली ढाका टोपी बोलको गीत ल्याएकी थिइन् । गम्बिर बिष्टले निर्देशन गरेको भिडीयोमा प्रकृती श्रेष्ठ र सुरेन बस्यालले अभिनय गरेका थिए ।

abun pandey

छोटो समयमा नै थुप्रै हिट गीत बजारमा ल्याइसकेकी अबुन सार्बजनिक गीत बाट समेत राम्रो प्रतिक्रिया पाइरहेको बताउछिन् । नेपाल तथा आमालाई सम्झेर बिदेशी भुमीमा निर्माण गरिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन जिबन रसाइलीले गरेका हुन् । गीतले जीवनमा आइपर्ने विभिन्न प्रकारका बिछोडलाई प्रतिनिधित्व गर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु