कोका–कोलाको नयाँ अभियान “टेष्ट द फिलिङ्ग” अनावरण

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७२, सोमबार

काठमान्डौ । कोका–कोला पिउँदा, कुनैपनि कोका–कोला, यसले हरेक पललाई विशेष बनाउँछ । विश्व भरि अनावरण गर्दै ,टेष्ट द फिलिङ्ग अभियान काठमाडौंमा भव्यताकासाथ अनावरण गरियो । ‘उत्साहका पलहरु’ विषयका साथ सिभिल मलमा अनावरण भएको कार्यक्रमले कोका–कोला पिउँदा प्राप्त हुने आनन्दलाई अझ विशेष बनाएको थियो । विभिन्न कलाकारहरुस् एड्रियन प्रधान, रोहित जोन क्षेत्री, प्रज्वल मुखिया र यम बुद्धले आफ्नो शक्तिशाली प्रस्तुतीबाट दर्शकलाई रोमाञ्चित बनाएका थिए ।
विश्व अभियान, गत जनवरी १९मा नयाँ नारा टेष्ट द फिलिङ्ग का साथ पहिले पेरिसमा अनावरण भएको थियो, जसले ७ वर्ष पुरानो कोका–कोला “ओपन ह्यापिनेस” अभियानलाई प्रतिस्थापन गरेको छ । कोका–कोलासंगको विशेष आनन्द जुन द फिलिङ्ग अफ टेस्टिङ्ग इट–द टेस्ट अफ ह्यापिनेस’ संग राम्रो सित जोडिएको छ भन्ने विश्व दृष्टिकोणले दर्शाएको छ ।

pic 1नेपालका कोका–कोलाका कन्ट्री डिरेक्टर, आलोक कोहलीले भने, “उत्कृष्ट ब्राण्ड कोका–कोलाको नयाँ चरणका बारेमा हामी उत्साहित छौं । नेपालका आजका युवाहरु विश्व नागरिक हुन् । टेष्ट द फिलिङ्ग अभियान विषय उनिहरुकालागि सान्दर्भिक देखिन्छ । यो एउटा यस्तो कार्य जसले सम्भवत कोका–कोला ब्राण्डलाई नेपालमा परिवर्तन गर्नेछ ।”सबै कलाकारहरुले “एन्थम” मूल शिर्षक गीत “टेष्ट द फिलिङ्ग” गाएर र सबैले एकैसाथ कोका–कोला पिएर त्यो क्षणलाई विशेष र अविस्मरणीय बनाउँदै कार्यक्रमको समापन गरेका थिए ।pic 2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु