कोका–कोला नेपाली तारा ३ का प्रतियोगीहरुले तालिम लिँदै

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७१, मंगलवार

काठमाडौँ । एनसेलद्वारा प्रायोजित कार्यक्रम  कोका–कोला नेपाली तारा ३ आयोजकले उत्कृष्ट २० लाई केहि दिनदेखि गायन विधाका साथ–साथै अन्य विभिन्न तालीम दिईरहेकोछ । सोहि क्रममा वरिष्ठ कोरियोग्राफर सिर्जना सिंह योञ्जनले स्टेज प्रस्तुति र गायन संगै चाहिने अभिनयकाबारे प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै शास्त्रीय संगीतमा तालीम प्राप्त गायक एवं प्रशिक्षक मनमोहन थपलियाले कार्यक्रमका प्रतियोगीहरुलाई गायन कला सम्बन्धि जानकारी दिनुका साथै गलाको अभ्यास गर्ने तरिकाहरुको बारे पनि जानकारी दिनुभएको थियो ।
सिल्भर माउन्टेन होटेल म्यानेजमेन्ट कलेजल भोजनका शिष्टाचारहरु सम्बन्धि तालीम दिएको थियो । ठुलाठुला होटेलमा खाना खाँदा एवं बस्दा ध्यान पु¥याउनुपर्ने कुराहरुको बारे जानकारी दिईएको थियो । चम्चा काँटाको प्रयोग, टेबलमा बसेर खाना खाँदा दर्शाउनु पर्ने ब्यबहारका बारे पनि तालीम दिईएको थियो ।
त्यसपछि सबै उत्कृष्ट २० प्रतियोगीहरुलाई धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टमा ३ दिने बन्दसत्रमा राखेर तालीम दिईयो । सो बन्दसत्रको तालीम कार्यक्रमलाई मुख्य प्रशिक्षक एवं यस कार्यक्रमका निर्देशक रन्जीत आचार्यले संचलान गर्नुभएको थियो । बन्दसत्रमै आएर बरिष्ठ चलचित्र निर्देशक नारायण पुरीले अभिनय कला र गायनमा चाहिने प्रस्तुति सम्बन्धि तालीम दिनुभयो । शास्त्रीय संगीतका प्रशिक्षक मनमोहन थपलियाले पुनःबिहान गर्नुपर्ने गलाको अभ्यास एवं अन्य व्यायाम सम्बन्धि तालीम दिनुभयो । बन्दसत्रको अन्तिम दिन वरिष्ठ गायक दिपक खरेलका साथै कार्यक्रमका निर्णायक सुरेश अधिकारी, उत्कृष्ट २० का गुरु निर्णायकहरु जेम्स प्रधान र राजन इशानको पनि उपस्थिति थियो । “यो बन्दसत्र र अन्य तालीम कार्यक्रमले सिकाएको पाठ हामीलाई जीवनभर हरेकपल काम लाग्नेछ । मैले मेरो जीवनको सबैभन्दा अमुल्य दिनहरु सम्झनु परेमा यी १४ दिनलाई नै सम्झने छु” एक प्रतियोगी सुरेश लामाले बताए । “हामीले धेरै कुरा सिक्ने मौका पायौं, शायद यो सबै कुरा सिक्न थुप्रै समय लाग्थ्यो होला तर केहि दिनमा हामीले पाएको तालीमले हाम्रो गायन कलालाई तिखार्न धेरै मद्दत गरेको छ,” अर्का प्रतिष्पर्धी मेनुका धिमालले भनिन ।
सो बन्दसत्रमा नेपाली तारा ३ को शिर्षक गीत “गाउँदैछौं हामी…” (जुन कार्यक्रमका निर्देशक एवं गीतकार रन्जीत आचार्यले रचना गर्नुभएको हा), दुवै गुरु निर्णायकहरुका टीमले सो गीतलाई पुनःकम्पोज गरेर सुनाए । “यति उत्कृष्ट संयोजन र लयको सिर्जना गर्लान भन्ने लागेको थिएन तारा दुवैटीमको गीत सुनीसकेपछि हामीले दुवै टीमको गीतलाई रेकर्ड गर्ने निर्णय ग¥यौँ,” कार्यक्रमका निर्देशक आचार्यले बताए । सबै प्रतियोगीलाई भेटेर उनीहरुको गीत सुनेपछि वरिष्ठ गायक दिपक खरेलले भने, “सबै २० जना उत्तिकै प्रतिभाशाली छन्, म अत्यन्तै प्रभावित भएको छु र यति राम्रा प्रतिभालाई छानेर नेपाली सांगीतिक आकाशमा ल्याउनुभएकोमा म सबै निर्णायकहरुलाई बधाई दिन चाहन्छु ।”

pic1
बन्दसत्र पछि सोझै उत्कृष्ट २० एकल गायनका साथ–साथै युगल गायन गरेर उत्कृष्ट १० का लागि भिड्ने छन् ।
कोका–कोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे«लिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन्  ।
दर्शकहरुको सुविधालाई ध्यानमा राखेर कोका–कोला नेपाली तारा ३ को सम्पूर्ण श्रृखंलाहरु त्ज्त् ीष्खभ को थ्यगतगदभ च्यानलमा अपलोड गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु