कोपिला र प्रेमको‘दशै राम्रो जमरा लाएर’

म्यूजिक खबर
प्रकाशित: १६ आश्विन २०७३, आईतवार

आज लोक तथा दोहोरी गायिका तथा मोडल कोपिला गुरुङ र गायक प्रेम अर्यालको ‘दशै राम्रो जमरा लाएर’ को सार्वजनिक भएको छ । काठमाडौको झम्सिखेल स्थित १२६ पार्क रोड रेष्टुरेन्टमा कलाकार, ब्यबसायी पत्रकारबिच गरिएको बिमोचनमा कार्यक्रमको अध्यक्ष गोरखा चौतारी म्यूजिक प्रालिका संचालक सुनिल लामिछानेले गरेका थिए ।

tika-jamara

सफल ब्यबसायी दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार भिम श्रेष्ठले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरे । गायक गायिकाको आगामी दिन पनि संगीतमय बनोस् भन्दै शुभकामना मन्तव्य दिएका श्रेष्ठले गायक गायिकाको प्रतिभाको प्रशंसा गरेएको थियो ।

गायक तथा गायिकाहरुको आफन्त, शुभचिन्तकहरुले भरिएको हलमा गीतको भाव बारे आफ्नो अनुभुती सुनाउदा गायक प्रेम अर्यालले खुसिको आँशु रोक्न सकेनन । गीत प्रदेशिएका श्रीमान दशैंमा घर फर्कदा हुने अनुभुतिलाइ दर्शाएको गायिका गुरुङले बताईन ।


बिमोचन कार्यक्रमका प्रमुख अतिथी दिपक कार्कीले शुभकामना दिदै गीत असाध्यै राम्रो समयसापेक्ष रहेकोले राम्रो बजार लिनेमा विश्वास व्यक्त गरेका थिए । उक्त गीत गोरखा चौतारी म्यूजिक प्रालिको प्रस्तुतीमा बजारमा आएको हो । चिज गुरुङ र सागर बिसिको शब्द रहेको यस गीतको लय भने प्रेम अर्यालको रहेको छ । सांगीतिक माहोल बाट सुरु भएको बिमोचन कार्यक्रमलाई शुभकामना मन्तव्यसंगै सभाध्यक्ष सुनिल लामिछनेले समापन गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु