कोमल भन्छिन् ‘पोइल जान पाम्’

म्यूजिक खबर
प्रकाशित: ३१ आश्विन २०७१, शुक्रबार

काठमाडौं, ३१ असोज । अविवाहित गायिका कोमल वली ‘पोइल जान पाम्’ नामक गीतबाट असाध्यै चर्चामा आइन् । गीतमार्फत विवाहको चाहना पोख्दा यथार्थ नजिक भएकाले त्यो गीतले तहल्का मच्चायो । जुन गीतलाई उत्तर प्रतिउत्तरमासमेत बजारमा ल्याइयो । कसैले भने मैले ल्याउन पाम, कसैले भने विहे गरेर छैन रैछ काम । अब जे भने नि कोमल वली अझै पनि पोइल जान पाम भनिरहेकी छिन् ।
कोमल वलीको वास्तविक जीवनमा पोइल जाने रहर भने अझै पूरा भएको छैन त्यो केवल गीतमा मात्र सीमित छ तर पनि उनले अर्को माध्यम अपनाएर भने पनि पोइल जाने रहर पूरा गर्ने सुरमा भने छिन् ।  अहिले उनी फिल्ममार्फत त्यो चाहना व्यक्त गर्न लागिपरेकी छिन् । आफैँले मुख्य भूमिकामा अभिनय गर्ने फिल्मका नाम पनि ‘पोइल जान पाम्’ नै हुनेछ । त्यसको स्क्रिप्ट उनी आफैँले लेखिसकेकी छिन् । यसअघि फिल्म ‘राजनीति’मा अभिनय गरेर अभिनयको स्वाद चाखेकी उनले त्यसपछि फिल्म ‘दबदबा’मा अभिनय गरिन्, जुन रिलिजको संघारमा छ । प्रेमकथा र विवाहको चाहनालाई प्रस्तुत गर्ने भनिएको फिल्म ‘पोइल जान पाम्’ नारीप्रधान हुने बताइएको छ । फिल्मको मुख्य पात्र कोमल स्वयं हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु