क्रिसल कडेँलको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७५, मंगलवार

काठमाण्डौ ५- नेपाल आइडलबाट चर्चामा आएकाका क्रिसल कडेँलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। एरिक गिरीको शब्द, संगीत तथा स्वरमा रहेको मनको छाता बोलको गीतमा क्रिसलले अभिनय गरेका हुन् । उनी स्वयम् राम्रो गीत गाउने प्रतिभा भएता पनि उनीले म्युजिक भिडियो मार्फत अभिनयको सुरुवात गरेका छन् ।

उनको अभिनयको सुरुवात गराउने निर्देशक भद्रगोलका काकु अर्थात दिपक आचार्य रहेका छन् । क्रिसलले सिनेमामा अभिनय गर्ने भन्ने खालको खबर केही समय अगाडि बाहिरिएको थियो। तर उनले आफ्नो अभिनय यात्राको सुरुवात म्युजिक भिडियोबाट गरेका छन् । क्रिसललाई भिडियोमा याङ्सुले साथ दिएकी छन् । सागर मगर र पूजा राईको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको सिनेमेटोग्राफी रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु