खरेलको एकल रचनामा ‘नम्रता’

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७१, मंगलवार

काठमाडौं । गीतकार किरण खरेलको एकल रचनामा गायिका नम्रता काफ्ले खरेलले आफ्नो सोलो एल्बम ‘नम्रता’ बजारमा ल्याएकी छिन् । नम्रताको डेब्यु एल्बमका रुपमा ‘नम्रता’ बजारमा आएको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गरी सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सिंचाई मन्त्री एनपी साउद, गीतकारद्वय किरण खरेल र डा. कृष्णहरि बरालले संयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् ।
एल्बममा गीतकार किरण खरेलको एकल रचना छ भने संगीत दीपक शर्मा र हरि लम्सालले दिएका छन् । एल्बममा बादल झैं, फूल बनी, मै राम्री, तिमी छौं र सानो कुरा बोलका गीत छन् । कार्यक्रममा निर्देशक विधान कार्की र भुषण दाहालले निर्देशन गरेको बादल झैं र तिमी छौं गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु