खरेलको विरानो माया

म्यूजिक खबर
प्रकाशित: १ असार २०७२, मंगलवार

काठमाडौं । निर्देशक माधव खरेलले अब भने विरानो मायाको निर्देशन गर्ने भएका छन् । श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रालिको व्यानरमा निर्माण हुनलागेको चलचित्र विरोनो मायाको सोमबार विहान कमलादि स्थित गणेश मन्दिरमा शुभ मुहुर्त गरिएको छ । मिलन लामा र सावित्री अधिकारीको संयुक्त निर्माणमा बन्न लागेको यस चलचित्रका लेखन माधव खरेलको रहेको छ ।  चलचित्रमा दिनेश डि.सि., श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दिपसा बि.सि., तिलक कट्टेल, सुरविर पण्डित लगायतका कलाकारको अभिनय रहनेछ । विरानो मायाको क्रिएटिभ÷काष्टिङ् निर्देशकका रुपमा पत्रकार शान्तिप्रिय रहेका छन् ।

शुभ मुहुर्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नरिवल फोरेका थिए भने महासचिव सन्दिप सापकोटाले म्यामेराको स्विच अन गरेर शुभमुहूर्त सम्पन्न गरिएको थियो । निर्देशक समाजका अध्यक्ष दिनेस डिसिले मुहुर्त सटको निर्देशन गरेका थिए भने चलचित्रका नायक श्रीदेव भट्टराई र नम्रता सापकोटाले डाइलग बोलेका थिए ।

birano maya

यस चलचित्रमा अनिल विरही र सरोज प्याकुरेलको संगीत, शंकर महर्जनको द्वन्द्व, रुपेश उप्रेतीको नृत्य रहेको छ भने प्रल्हाद खरेलले मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् । दिपक लिम्बु, माण्डवी त्रिपाठी, स्व.योगीता मोक्तान, रिता केसी, टिना लामाको आवाज रहेको विरानो माया असारको पहिलो साताबाट फ्लोमा जाने निर्देशक माधव खरेलले बताए । चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारीत यस चलचित्रको छायाँकन काठमाण्डौ वरपरका विभिन्न ठाउँ तथा पुर्वका झापा, इलाम लगायतका ठाउँहरुमा गरिने निर्देशक खरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु