खैरेनीटारमा जूनकिरीको रौनक

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७३, बिहीबार

तनहुँको खैरेनीटार महोत्सव भइरहँदा जति रमाइलो उत्सवका रुपमा लिइएको थियो त्यसमा पनि जूनकिरी गीत स्टेजमा गाउन थालेपछि रौनकताले मोड लियो । भर्खरै भएको खैरेनीटार महोत्सवमा उपस्थित दर्शकहरुले प्रत्यक्ष रुपमा गायक गायिकाको प्रस्तुतिसँग विभिन्न कलाकारहरुको कला हेर्न पाएका थिए । गायक विरही कार्की मायालु हजार बोकेर जूनकिरी गाउँदै गर्दा उपस्थित दर्शकस्रोताहरुको चर्को हुटिङ आयो ‘वान्स मोर’ । त्यसो त मन्चमा बसेर गीत सुनिरहेका खैरेनीटारका आर्मी चिफको पनि वान्समोर आएपछि गायक कार्कीले जूनकिरी नगाइकन सुखै पाएनन् ।

singer birahi karki
यतिखेर कलाकारहरुलाई महोत्सवमा भ्याइनभ्याइ भएको छ । कहिले बुटवलतिर त कहिले नवलपरासीतिर, कहिले खैरेनीटार भनेर कलाकार दौडिरहेका हुन्छन् त कहिले पोखरातिर । जे होस् कलाकारलाई यतिखेर राम्रो आम्दानी गर्ने मौसम आइरहेको छ । तर गीत पनि त्यही अनुसारको राम्रो हुनुपर्छ तब मात्र उनीहरुको डिमान्ड पनि बढ्छ । भर्खरै मात्र गुराँस फुल्ने ठाउँतिर बजारमा ल्याएका गायक कार्कीले स्रोताहरुलाई दर्जनौं हिट गीत दिइसकेका छन् । प्राय गरेर उनले महोत्सवमा गाउने गीत आमा, मायालु हजार, जूनकिरी, र गुराँस फुल्ने नै बढी हुन्छ । त्यसपछि अन्य गीतहरुको पालो आउँछ । पछिल्लो समय गायक कार्कीको गीतले एकपछि अर्को मिठास स्रोताहरुलाई दिँदै आइरहेको छ ।

birahi karki

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु