निम्बलमा काव्यको जवानी

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७०, शुक्रबार

काठमाडौं, २४ फागुन । गायिका काव्य आचार्यको जवानी गोंगबुको गणेस्थानमा छचल्किँदा रमाउनेहरु धेरै देखिए । मायालु हजार भएका विरही कार्कीसँगै स्टेजमा पुगेकी काव्यको जवानी छचल्किएपछि गणेशस्थानमा रहेको निम्बल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले वाहीवाही गरे । गायिका काव्य आचार्यले किन आज धेरैपछि, चरिले गुँड छाडेर गयो र मेरो जवानी चढ्यो रे जस्ता गीत प्रस्तुत हुँदा उक्त स्कुलका विद्यार्थी शिक्षक सबैले मनोरञ्जन लिएका थिए ।
त्यस्तै गायक विरही कार्कीले आमा, मायालु हजार र होला मायालु जस्ता गीत प्रस्तुत गरेका थिए । उनले गीत प्रस्तुत गर्दा विद्यार्थीहरु नाचेर रमाइलो गरेका थिए । स्कुलको अभिभावक दिवसका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका काव्य र गायक कार्कीका अलावा अन्य प्रस्तुतिहरुले पनि कार्यक्रमलाई मनोरञ्जन प्रदान गरेको थियो ।

birahi_s school_birahi_kabya school kabya acharya

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु