‘गण्डकी रोधी’मा अविनास र सुनितामी परियारको रमाइलो ! हेर्नुहोस भिडियो !

म्यूजिक खबर
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

जेष्ठ २१, काठमान्डौ । नेपाली समाजमा हाल सम्मपनि रोधी घरमा बसेर दुख सुखका भोगाईहरु आपसमा रमाइलो तरिकाले साथीभाई माझमा ब्यक्त गर्ने प्रचलन कायम रहेको छ । गायक अविनास गुरुङ र गायिका सुनितामी परियारको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत “गण्डकी रोधी”को भिडियो आज सार्बजनिक भएको हो ।

सांस्कृतिक परम्परालाई जर्गेना गर्नेक्रममा यस पटक रोधी गीत दर्शक तथा स्रोता माझमा ल्याएको गायक अविनासले बताए । यसपटकको समयमा आफनो सास्कृतिक परम्परालाई विकाश गर्नको लागी लागी परेको उनले बताए ।

विनोद बावु केसीको लय रहेको यस गीतमा शब्द भने सपना क्षेत्री , ईश्वर मगर र कृष्ण रानाभाटको रहेको छ । मालती डिजिटल म्यिुजिक कम्पनी मार्फत बजारमा सार्बजनिक भएको गीतमा रोधी घरमा आउनको लागी मायालुलाई आग्रह गरिएको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन , दिपक विष्टले सम्पादन गरेका हुन । भिडियोमा मायालु जोडीको भुमिकामा काजिश श्रेष्ठ र रितु तामाङलाई देख्न सकिन्छ । गीतलाई चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु