गाउँको झल्को आयो हेमन्तलाई

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७३, शुक्रबार

ख्याती प्राप्त चर्चित गायक हेमन्त शर्माले आफु हुर्किएको बाल्यकालका सम्झनालाई गीतमा उतारेका छन् । शर्माले ‘गाउँको याद आयो’ गीत विहिवार सार्वजनिक गरेका छन् । सांगितीक कार्यक्रमका हाल बेलायत रहेका गायक शर्माले युट्युब मार्फत म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । उनको गीतमा गाँउमा आमाले पकाएको खाना संगै विद्यालयमा गरिने बदमासी र साथिसंगीको बयानले मन छुने भाव समेटिएको छ । गाँउमा छिमेकीको सहयोग बया मर्दा नुन बार्ने चलनको बयान संगै बाध्यताले टाढिएको ब्यथाले आउने गाउँको यादको स्मरण गरिएको छ । नवलपरासिको त्रिवेणीमा जन्मिएका शर्माको बाल्यकाल त्यही वितेको हो । नारायणी नदिको निरन्तर सुसाईको काखमा हुर्किएका गायक शर्मालाई तिनै छालहरुले संगीतमा रम्ने बनायो । उनको वाल्यकाल पिताको जागिरेसंगै जोमसोम, स्याङजा, कपिलवस्तु, भैरहवा, त्रिवेणीमा वितेको उनले बताए । धेरै ठाउँ घुम्ने अवसर पाएको भएपनि त्रिवेणी वरपरको छायाँले कहिले नछोडेको उनी बताउँछन् ।
आफ्नै शब्द र संगितमा स्वर दिएका शर्माले ‘गाँउको याद आयो’ मा गाँउको सम्झना गरेका छन् ।

 

16042807dsfdssd

म्यूजिक भिडियोमा अधिकांश दृष्य त्रिबेणीमा छायांकन गरिएको छ । भने कथा अनुसार केही दृष्य हङकङमा पनि छाँयाङ्कन गरिएको छ । म्युजिक भिडियो निर्देशन पनि उनैले गरेका हुन् । सामान्य भिडियोमा प्रयोग हुने उपकरण प्रयोग नभएको उनले बताए । ‘भिडियोमा रिफ्लेक्टर, ट्रली, मेकअप केहीको प्रयोग गरिएको छैन’, हेमन्तले भने ‘यसले ग्रामिण परिवेशको सम्बोधन गरेको छु’ । भिडियोमा त्रिवेणीकै स्थानिय कलाकारलाई खेलाईएको छ । उनले भिडियोको लागि एक जना क्यामेराम्यान र उनी मात्र त्रिवेणी पुगेका थिए । आफ्नो जीवन शहरमा वितेपनि उनले आफै अभिनय गरेर गाँउको माया विर्सन नसकेको कुरा गित मार्फत पोखेका छन् ।२०५७ सालमा सोलो एल्वम निकालेर औपचारिक रुपमा गायनमा आएका शर्मालाई नेपाली गायन क्षेत्रमा आएर पछिल्लो समय देश तथा विदेशका धेरै स्टेज कार्यक्रममा ब्यस्त गायकमा पर्छन् । फुल हौ भने बसाइदेउ, जाले रुमाल, माया त यस्तो होस, मेरी प्रियतमा, जाली माया, गुडेको रेल लगाएत गितले चर्चा बटुलिसकेको छ ।
16042807dsdssdsd

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु