गायक गुरुङलाई युवा प्रतिभा सम्मान

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७३, आईतवार

लोकगायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल गायक गणेश गुरुङलाई युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको छ । मन्त्रालयको आयोजनामा आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच गायक गुरुङ लगायत विभिन्न विधा र क्षेत्रका ४५ जनालाई युवा प्रतिभा सम्मान प्रदान गरिएको हो ।

ganesh gurung (3)
मन्त्रालयले १६ देखि ४० वर्षसम्मका युवालाई कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको हो । गीतसंगीत, कला साहित्य, उत्पादन, निर्माण, विज्ञान तथा प्रविधि, सामाजिक एवं सांस्कृति क्षेत्रमा क्रियाशील रही मुलुकलाई योगदान दिएका युवाहरुलाई मन्त्रालयले प्रतिभा सम्मानद्वारा सम्मानित गरेको हो । पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक गणेश गुरुङलाई युवा तथा खेलकूद मन्त्री सत्यनारायण मण्डलको हातबाट सम्मान गरिएको हो । गायक गुरुङ ४५ जनामध्ये गीतसंगीतको क्षेत्रबाट सम्मानको लिस्टमा छानिएका व्यक्ति हुन् । कार्यक्रममा गायक गुरुङले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैलाई नेपाली पोशाक अनिवार्य गरिएको भए पनि गायक गुरुङ भने आफ्नै जातिको पोशाकमा सम्मान लिन पुगेका थिए । सम्मान पाएपछि गुरुङले म्यूजिक खबरसँग भने – ‘सरकारको तबरबाट मलाई गरिएको यो सम्मानले मलाई गीतसंगीतको क्षेत्रमा थप जिम्मेवारी र चुनौति थपिएको महसुस गरेको छु ।’

ganesh gurung (2)ganesh gurung (4)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु