गायक तुलसी शिवाकोटीको ‘मुहार’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७२, बुधबार

काठमाण्डौ । युरोपमा रहेर पनि सक्रिय रुपमा गायन यात्रामा लागि परेका गायक तुलसी शिवाकोटी नेपालको सांगीतिक क्षेत्रमा स्थापित भैसकेका छन् । संगीतमा निरन्तरर क्रियाशिल र कुशल प्रस्तुति अनि मिठो स्वर भएका तुलसी शिवाकोटीे लोकप्रिय पनि उतिकै छन् । सबै विधाका गीतहरु गाउन सक्ने भर्सटायल गायकको छवि बनाउन सफल भएका शिवाकोटीको मुहार भने यतिबेला सार्वजनिक भएको छ । नयाँ गीत दर्शक स्रोता माँझ ल्याउँदै आफ्नो निरन्तरतालाई कायम राखिरहेका शिवाकोटीको अन्य गीतको लोकप्रियता पश्चात ‘मुहार’ लिएर फेरि पनि आएका छन् ।
‘मुहार’मा आफ्नो आमाबाट टाढा रहनु पर्दाको पिडा र विदेशमा रहँदा आउने आफ्नो देशको सम्झनालाई उनले भावनात्मक रुपमा प्रस्तुत गरेका छन् । छोराछोरीको मायाले आमाले घर बोलाउँदा पनि बाध्यताले घर आउन नपाएको नेपालीहरुको पीडा समेटेर गीतको म्यूजिक भिडियो पनि तयार पारिएको छ ।tulsi_muhar“आमा भन्छिन्- बाबु, घर फर्कि आउन ….!

कलेजीको मेरो टुक्रा तिमी, छोडि नजाउन ..!!

जस्ता मार्मिक र यथार्थभावका शब्दहरु प्रयोग गरिएको गीतका शब्द रचनाकार रोजी लाबुंग राई हुन् । ग्राम सापकोटाको निर्देशन रहेको उक्त म्यूजिक भिडियो उमारण क्रिएशनले ल्याएको उक्त गीतका संगीतकार बिनोद बराइली रहेका छन । तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जिवन बिताउन पुगेका नेपालीहरुलाई नेपाल आमाको माया दर्साउन खोजिएको छ । गीतमा प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना र कल्पनाको वास्तविक चित्रण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु