गायक तुल्सी पराजुलीको आधा माया सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७३, बुधबार

काठमाडौं ५ असार । नेपाली संगीत उद्योगमा एक समय थियो कलाकारहरुले एल्वम बेचेर लाखौं पैसा कमाउँथे । तर, त्यो कुनै जमानाको कुरा भयो । कलाकारले एल्वम निकालेको रकम एल्वमबाटै रिटन हुन छाडेको लामो समय भैसक्यो । पछिल्लो समय गीतसंगीतमा लगानी गरेको थोरै रकम युट्युव मार्फत फिर्ता हुन्छ । तर त्यो रकम कलाकारको हातसम्म पुग्नै पाउँदैन । युट्युवमा बढेका दर्शकको संख्या हेर्दै गर्व गर्नु बाहेक संगीतका स्रष्टाले अरु केहि नपाइ रहेको यो बेला संगीतकर्मीहरु पनि आफ्नै युट्युव च्यानल खोल्न र सिर्जनाको प्रमोशन गर्न व्यस्त देखिन्छन् ।

suman bairagi

गायक तुल्सी पराजुलीले पनि औपचारिक रुपमै युट्युव च्यानल सार्वजनिक गरेका छन् । पराजुलीले नयाँ गीत ‘आधा माया’बोलको आफ्नै गीतको म्यूजिक भिडियो आफ्नै युट्युवबाट सार्वजनिक गरेका हुन् । गीतकार अर्जुन भट्टराईले लेखेको गीतमा गायक पराजुलीले आफैले संगीत गरेका छन् ।

tulasi parajuli

कमल खालिङले निर्देशन गरेको म्यूजिक भिडियोमा एनएच राई र पूर्णिमा लामाले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु