गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा “सलल बग्ने गण्डकी नदी “ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७५, बिहीबार


रोशन पोखरेल,काठमाडौँ ।
नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ सर्व्प्रिय गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा सजिएको निकै घत लाग्दो गीत “सलल बग्ने गण्डकी नदी “ बजारमा आएको छ । े
राजु तोलाङगी गुरुङको शब्द तथा लय सिर्जनमा निकै रमाइलो पारामा माया प्रेमका जुहारी समेटिएको लोक गीतमा मौलिक भाकालाई समेटिएको छ । सालैजो भाकामा तयार गरिएको गीतमा मौलिक लोक शब्द लाई प्रचुर मात्रामा प्रयोग गरिएको छ । गीतमा विश्वास नेपालको एरेन्ज रहेको छ । विकाश तामाङको छायाँकन , निरोत्तम पाण्डेको सम्पादन , सुजन सुर्खेती गोरखालीको निर्देशन मा भिडियो तयार गरिएको छ । “सलल बग्ने गण्डकी नदी “ गीतको भिडियोमा सुजन र रिनुको निकै लोभलाग्दो अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु