गायक प्रेमप्रकाशलाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७०, सोमबार

काठमाडौं, २७ माघ । नेपाली सङ्गीतका शिखर व्यक्तित्व प्रेमप्रकाश मल्ल ‘मधुकर’ लाई ‘स्व.गंगाराम खत्री स्मृति पुरस्कार’ बाट ५५ हजार ५ सय ५५ रुपैयाँ ५५ पैसा नगद पुरस्कार प्रदान गरिएको छ । विगत १३ वर्षदेखि पक्षघातबाट असक्त भइरहेका गीतकार, संगीतकार एवं गायक प्रेमप्रकाश मल्ललाई उनकै निवास नेपालगन्जमा गई उक्त पुरस्कार प्रदान गरिएको हो । सङ्गीतकार सन्तोष श्रेष्ठ एकल साँझका अवसरमा उक्त पुरस्कार दिने घोषणा गरिएको थियो । सोही कार्यक्रम अनुसार सङ्गीतकार सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यतामा मल्लको निवासमा गत हप्ता एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा थमन केसी, मधु साश्रु, खगेन्द्र गिरी कोपिलालगायतका उपस्थिति रहेको थियो ।
उक्त पुरस्कार राशि अन्तर्राष्ट्रिय नेपाली सङ्गीत समाज अमेरिकाका अध्यक्ष हस्त गौतम ‘मृदुल’ले आफ्ना स्व. बुबाको स्मृतिमा ‘स्व.गंगाराम खत्री स्मृति पुरस्कार गुठी’ स्थापना गरी प्रदान गरेका हुन् । गुठीद्वारा पहिलोपटक नेपाली संगीतका शिखर व्यक्तित्व प्रेमप्रकाश मल्ललाई प्रदान गरिएको हो भने यस गुठीद्वारा संगीतका धरोहरलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने गुठीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली सङ्गीत समाज अमेरिकाका अध्यक्ष मृदुलले बताएका छन् ।
नेपाली संगीतका शिखर व्यक्तित्व प्रेम प्रकाश मल्लद्वारा पोखरा त साँच्चिकै को पोखरा नै रैछ, वनकी म चरी, म मरे पनि मेरो देश लगायतका चर्चित गीतहरु गाएका छन् । उनका लगभग आधा दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् भने संगीतको क्षेत्रमा उनले उल्लेख्य योगदान पु¥याएका छन् । विगत १३ वर्षदेखि पक्षघातबाट असक्त भएर ओछ्यानमै आफ्नो जीवन बिताइरहेका मल्लले उक्त पुरस्कार पाएपछि म अझै धेरै वर्ष बाँच्नेछु भन्दै खुशी व्यक्त गरेका थिए । मेरा गीतहरु रेकर्ड गराइदिनु भयो भने मलाई बाँच्नका लागि अझ हौसला प्रदान हुने मल्लले बताएका थिए ।

prem prakash malla

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु