गायक फत्तेमानको निधन

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७०, मंगलवार

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको ७६ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित गायक तथा संगीतकार फत्तेमानको आज  गए राति ओम हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उनको शवलाई पशुपति आर्यघाटको बृद्धाश्रम अगाडि १० बजेसम्म श्रद्धा१जलीका लागि राखिने भएको छ भने तयसपछि अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएका छन् ।
गत शनिबार अगाडि सिकिस्त बिरामी भएपछि गायक राजभण्डारीलाई उपचारका लागि चाबहिलस्थित ओम हस्पिटल भर्ना गरिएको थियो । १९९३ मङ्सिर १३ मा जन्मिएका गायक राजभण्डारीले ४०० भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् । चार सयभन्दा बढी कालजयी गीत र भजनहरुमा स्वर तथा संगीत दिइसकेका गायक फत्तेमान राज भण्डारीका ”मर्न बरु गाह्रो हुन्न…,” ”यस्तो पनि हु“दो रै”छ….,” ”सान्नानीको गालैमा कालो कोठी रै”छ…,” ”वनै खायो डढेलोले…,” ”रातो र चन्द्र सूर्य…” लगायतका गीत सदाबहार रुपमा बजिरहन्छन् । नेपाली संगीत क्षेत्रका मुर्धन्य स्रष्टा गायक तथा संगीतकार फत्तेमान राजभण्डारीले नेपाली कला संस्कृति र संगीतमा महत्वपूर्ण योगदान पु¥याएका छन् । साढे पा“च दशकदेखि नेपाली सांगीतिक फा“टमा निरन्तर सक्रिय रह“दै आएका फत्तेमान वासु शशि स्मृति परिषद् परिषद्का उपाध्यक्ष समेत थिए । गायक फत्तेमान राजभण्डारीको मृत आत्माको चीर शान्तिको कामना गर्दै म्यूजिक खबर परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

fatteman
fatteman_rajbhandari_303005094
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु