गायक पराजुलीको ‘झिलमिल झिलमिल’ भिडियो सहित सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७२, बुधबार

काठमाण्डौ । पहिलो नेपाली ताराबाट गायकको रुपमा प्रस्तुत भएका विराटनगरका संजिव पराजुली करिब ८ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन्। लामो समयपछि उनले पहिलो एल्बम ‘सुनयु’ मा समावेश ‘झिलमिल झिलमिल’ बोलको गीत लिएर दर्शकमाझ आएका छन् । दीपक भट्टराइको संगीत तथा होमनाथ न्यौपानेको शब्द रहेको यो गीतको भिडियोलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् ।
प्रेम गरेपछि कसरी प्रशंसा गर्छन् प्रेमिकाको प्रेमीले भन्ने भाव देखाईएको उक्त गीतको भिडियोमा प्रदिप बास्तोला र बर्षा राउतको मोडलिङ छ । आफ्नी प्रेमिकालाई प्रेमीले विभिन्न उपनाम यो गीतमा दिएको छ ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु