गायक पराजुलीले गायिका प्रसाईंलार्इ तिमी मलाई मन पर्छ’ भनेपछि

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७३, बुधबार

timi malai man parchaसुमधुर स्वरका धनि गायक सन्जिब पराजुलीले गायिका प्रसाईंलाई ‘तिमी मलाई मन पर्छ’ भनेर सार्वजनिक गरेका छन् । विगत केही वर्ष यता विदेशमा रहेर पनि नेपाली गीत संगीतमा क्रियाशिल रहेका सन्जिबले वास्तविक जिवनमा टिकालाई मन पराएको भने होइन । हालै गायक पराजुली र गायिका टिका प्रसाईंको स्वरमा सजिएको निक्कै सुमधुर गीत ‘तिमी मलाई मन पर्छ’ सार्वजनिक भएको छ।sanjib_tika

धेरै समय पछि यति मीठो गीत नेपाली सांगीतिक क्षेत्रमा आएको छ। यस गीतमा शब्द तथा सङ्गीत टिका प्रसाईंको र सङ्गीतसंयोजन गोपाल रसाइलीको रहेको छ।म्युजिक भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीले निर्देशन गरेका हुन् भने सम्पादन आइ भी एम प्रोडक्सन, अस्ट्रेलिया ले गरेको हो । भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणिय दृश्यहरुलाई कैद गरिएको छ जसमा रस्ना प्रधान र विशाल भारतीको रोमान्स हेर्न सकिन्छ। यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु